![]()
पिपुल्स न्युज सप्तरी
कैलाश माझी
पुष ०९ गते शुक्रबार ।
बिगत लामो समय देखि सूचनाको हक कार्यान्वयन, भ्रष्टाचार न्युनिकरण लगायत सुशासनको क्षेत्रमा कार्यरत रहिरहेका अभियान्ता कैलाश माझीले त्रिभुवन विश्वविद्यालयका कार्यालय प्रमुख ( रजिस्ट्रार) समक्ष सुचना अधिकारीलाई कारवाहिको माग गर्दै माग गरिएको सुचनाको प्रमाणित प्रतिलिपी उपलब्ध गराउनुहुन सुचना अधिकारी विरुद्ध उजुरी गरेका छ्न ।
अभियान्ता माझीले आफ्नो अध्यन, अनुसन्धान तथा सार्वजनिकीकरण गरि जनतालाई सुसूचित गराउने र भ्रष्टाचार न्युनिकरण गर्नका लागि सत्यतथ्य ज्ञप्रमाण जुटाएर अन्याय, अत्याचार, बिकृती र बिसङ्गती, सुशासन, महिला हिंसा विरुद्धको सूचना बेस समाज निर्माण गर्ने लगायतका प्रयोजनका लागि नेपालको संविधान ( २०७२ ) को भाग ३ धारा २७ तथा सुचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३ र ७ बमोजिम त्रिभुवन विश्वविद्याल रजिस्ट्रारको कार्यालय कीर्तिपुरका सुचना अधिकारीलाई सम्बोधन गरि २०७८ मङ्सिर १८ गते इमेल मार्फत तलका निम्न बुदाहरुमा सुचनामाग गरेको थियो ।
१. त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा आ.ब. २०७७/०७८ सम्ममा मौज्दात रहेका साना ठुला सबै खाले सवारी साधनको विवरणको प्रमाणित प्रतिलिपी ।
२. आ.व. २०७५/०७६ देखि आ.व. २०७७/०७८ सम्म तीन वर्षमा हरेक महिना त्रिवि केन्द्रीय कार्यालयबाट इन्धन खर्च बापत भएको मासिक खर्च विवरणको प्रमाणित प्रतिलिपि ।
३. आ.व. २०७५/०७६ देखि आ.व. २०७७/०७८ सम्म तीन वर्षमा हरेक महिना त्रिवि केन्द्रीय कार्यालयबाट सवारी साधन मर्मत सम्भार खर्च बापत भएको मासिक खर्च विवरणको प्रमाणित प्रतिलिपि ।
४. त्रिविको आ.व. २०७५/०७६ देखि आ.व. २०७७/०७८ सम्म तीन वर्षमा सवारी साधन खरिद, मर्मत र इन्धन खर्चको लागि बिनियोजित बजेटको प्रमाणित प्रतिलिपी ।

तर माग गरिएका सुचनाहरु सूचनाको हक सम्बन्धि ऐनको म्याद १५ दिन भित्र सूचना अधिकारीले सूचना उपलब्ध नगराए पश्चात् अभियान्ता माझीले उक्त विश्वविद्यालयका सूचना अधिकारीलाई आवश्यक कार्वाहीको माग गर्दै माग गरिएका सम्पुर्ण सुचनाहरुको प्रमाणित प्रतिलिपी उपलब्ध गराउनुहुन सुचनाको हक सम्बन्धि ऐनको दफा ९ बमोजिम पुष ०५ गते सोमबार त्रिभुवन विश्वविद्यालय कार्यालयका प्रमुख समक्ष इमेल मार्फत उजुरी गरेका छ्न ।