होटेल व्यवसायीहरूबाटै दलाल संरक्षणमा

Loading

‘दलालको अपरिहार्य आवश्यकता’
Peoples News प्रहरीको आरोप छ– ‘व्यवसायीहरूले नै दलाल संरक्षण गरिरहेका छन् । ग्राहकलाई गाइड गरेर आफूसम्म ल्याइपुर्याउन दलाल नै गुहार्छन् ।’ प्रहरीका अनुसार होटल, रेस्टुरेन्ट, दोहोरी, क्याबिन, बार, डान्स, क्लबका सञ्चालकहरू निश्चित कमिसन दिएर दलाल खटाउँछन् । दुईतीन ‘स्टेप’ दलाल पार गर्दा ग्राहकले कैयौँ रकम गुमाइसक्छ । यौनकार्यकै लागि मात्र नभएर रेस्टुरेन्टमा खानपानका लागि पनि ग्राहक जुटाउन दलालकै भरपर्ने व्यवसायी पनि रहेको प्रहरी बताउँछ ।
यता, व्यवसायीहरू भने प्रहरीले दलाल नियन्त्रण गर्न नसक्दा पर्यटन व्यवसाय नै लज्जित हुन पुगेको बताउँछन् । ‘ग्राहकलाई सजिलो पार्न खोज्ने दलाल मात्र छैनन् यहाँ,’ लज सञ्चालक हेमराज शर्मा भन्छन्, ‘यौनकार्यदेखि विभिन्न गलत कामका नाममा ग्राहकलाई लुटपाट गर्ने दलाललाई सबै मिलेर लखेट्न सक्नुपथ्र्यो । प्रहरीले पनि यस्तालाई तह लाउने गरी कारबाही गर्न खोज्दैन ।’
दलालको गिरोह
दलालहरू गिरोह नै परिचालन गरेर ग्राहक ठग्न सक्रिय रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । ग्राहक खोज्ने एउटा तहको दलाल हुन्छ । उसले ग्राहकलाई सोचेजसरी यौनप्यास मेटाउने ठाउँसम्म पु¥याउनेलगायत आश्वासन दिन्छ । उसले ट्याक्सी चालक वा अर्को कोही उपल्लो दलालसम्म पु¥याउँछ । त्यहाँबाट यौनकर्मीसम्म सम्पर्क हुन्छ । निश्चित ठाउँमा पु¥याएर केटीहरूले नै ग्राहकबाट मोटो रकम असुलेर भाग्ने पनि गरेका घटना छन् ।
यस्तै गिरोहबाट बिल्लीबाठ भएका पीडित हुन्, काभ्रेका रेशम पौडेल । पाँच वर्षपछि कुवेतबाट स्वदेश फर्केका उनी ठमेलमा रमाइलो गर्न पुगे । डान्सबारमा चिनजान भएका एक जनाले रेशमको प्यास मेटाइदिने वचन दियो । ‘उसले दुइटा फिल्म खेलिसकेकी मोडल मिलाइदिन्छु भन्दै अर्को एक जना दलालसँग परिचय गरायो,’ रेशमले भने, ‘उसले केटी भएको ठाउँमा पु¥यायो ।’ दुईजना केटी र दलालसहित रेशम नशाको तालमा होटल छिरे । बेहोस हुने औषधी खुवाएर उनलाई लठ्याइयो । विदेशबाट मजदुरी गरेर ल्याएको दुई लाख रुपैयाँ, सुनको सिक्री, लगेज सबै लुटेर यो समूह फरार भयो । भोलिपल्ट रुँदै प्रहरीमा हारगुहार गर्न पुगेका थिए, रेशम । savar nagrik news

Leave a Comment