![]()
Peoples News सोह्रखुट्टे प्रहरीको अनुसन्धानले भन्छ– ठमेलका गाइडहरूले ग्राहकलाई दरबारमार्गका ट्याक्सी चालकसम्म पु¥याउँछन् । दरबारमार्ग वृतका प्रहरीको अनुभवमा पनि ट्याक्सी चालकहरू नै दलालीमा संलग्न छन् । ‘हामीले पछिल्लो छ महिनाको अवधिमा पक्राउ गरेका ५० दलालमध्ये ९० प्रतिशत ट्याक्सी चालक नै छन्,’ सोह्रखुट्टे वृत्तका डीएसपी सोमेन्द्रसिंह राठौरले भने, ‘ट्याक्सी चालकहरूको गिरोह नै छ । ग्राहकका जस्तासुकै माग पूरा गरिदिन्छु भन्छन् ।’
प्रहरीका अनुसार केही ट्याक्सी चालकको पहुँच मोडलहरूसम्म पनि छ । त्यसलाई उनीहरू भजाउँछन् । फोटो देखाउँछन् । मनलाग्दी पैसा उठाएर अर्को ठग गिरोहसम्म पु¥याइदिन्छन् ।
पछिल्लो पटक दलाली गरेर ठगेको केसमा दुई जना ट्याक्सी चालकलाई सार्वजनिक अपराध मुद्दा चलाएको दरबारमार्ग वृत्तका डीएसपी कृष्णबहादुर पल्लिमगरले बताए । ‘त्यस्तो दलाली गर्नेमा ट्याक्सी चालक धेरै रहेको सूचना छ,’ उनले भने, ‘तर, ठगिएको भनेर कसैले खबर गर्दैनन् ।’ उनका अनुसार तेस्रोलिंगीबाट ठगिएको उजुरी भने परिरहन्छन् । ‘दरबारमार्ग क्षेत्रमा हाई–प्रोफाइल मान्छेको ज्यादा चहलपहल हुने भएकाले दलालहरू पनि चानचुने पहुँचका हुँदैनन्,’ पल्लिमगरले भने । savar nagrik news