![]()
Peoples News क्यानडाबाट आएका मनोज गौतम एक साँझ ठमेलको डान्सबारमा रमाइलो गरेर बाहिर निस्केका थिए । उनलाई दलाल सञ्जीव बोहोराले ‘नाम चलेको हिरोइन मिलाइदिने’ कुरा गरे । आफूलाई गाइड बताउने उनले मनोजलाई ठमेलबाट दरबारमार्ग पु¥याए । जहाँ हिरोइनसम्म पुयाइदिने दाबी गर्ने दलालहरू चाहेजति भेटिन्छन् । सञ्जीवको सम्पर्क ट्याक्सी चालक अनिल तामाङसँग थियो । अनिलसँग मनोजको बार्गेनिङ चल्यो । फलानो नाम गरेको हिरोइनसँग रात बिताउने व्यवस्था मिलाइदिने र त्यसबापत ३५ हजार रुपैयाँ खर्च लाग्ने अनिलले बताए । गौतम हौसिएर ‘३५ किन ? ४० दिन्छु’ भन्दै ट्याक्सी चढिहाले । अनिल र सञ्जीवले उनलाई ट्याक्सी चढाएर गौशाला र एयरपोर्टतिर घुमाए । ‘हिरोइनलाई होटलमै ल्याइदिन्छु’ भन्ने आश्वासन दिएर मनोजलाई सिनामंगलको एउटा होटलको कोठामा पु¥याए । अनिलले आफ्नो सम्पर्कमा भएका दुईजना केटी बोलाए, जो आकर्षक चालढालका थिए र आफूलाई मोडल बताउँथे । अनिलले ‘हिरोइन आउने बेलासम्म यिनै मोडलसँग रमाइलो गरौँ’ भने । कथित मोडलहरूसँग रमाइलो गर्दागर्दै गौतम बेहोस भए । बेहोसी उत्रिँदा मात्र उनले आफू लुटिएको पत्तो पाए । हिरोइनलाई खर्च गर्न भनेर साटेको सात सय यूएस डलर, महँगो मोबाइललगायत चिजबिज स्वाहा भइसकेका थिए । धोती न टोपी’ भएर मनोज सोह्रखुट्टे प्रहरीचोकी पुगे । उनको उजुरीका आधारमा अनिल र सञ्जीवलाई प्रहरीले पक्राउ ग¥यो । कैयौँपटक प्रहरीको फेला परिसकेका सञ्जीव आफ्नो पेशा नै ‘सेक्स ब्रोकर’ भएको बताउँथे । ‘मेरो काम ग्राहक र गाइडको भेट गराइदिने हो,’ प्रहरी नियन्त्रणमा रहेका उनले शुक्रवारसँग भने, ‘म आफैँले मिलाइदिने होइन । हिरोइन, मोडल, राम्रा, नराम्रा सबै ट्याक्सीवाला गाइडले मिलाइदिन्छन् । प्रहरीका अनुसार ‘गाइड’को काम गरेर ट्याक्सी चालक अनिल मासिक तीनदेखि चार लाख रुपैयाँसम्म आम्दानी गर्छन् । ट्याक्सी ड्राइभिङ त उनको आवरणमात्र हो । सञ्जीवजस्ता कैयौँ ‘जुनियर गाइड’ उनले ठाउँठाउँमा परिचालन गरेका थिए । हिरोइन मिलाइदिने आश्वासनमा विदेशी लुट्ने अर्का गाइड सुमन कार्की पनि अहिले थुनामै छन् । धेरैजसो भारतीय टुरिस्टहरू उनका ‘टार्गेट’ हुन्थे, जो हिरोइन, मोडल र ‘स्ट्यान्डर्ड’ युवतीहरूसँग सम्बन्ध रहेको गफ दिएकै र फोटो देखाएकै भरमा जति पनि पैसा छरिदिन तयार हुन्थे । savar nagrik news