यौन दलाल

Peoples News राजधानीमा यौनधन्दा हुने इलाकाहरूमा बग्रेल्ती दलाल हुन्छन् । ग्राहक र यौनकर्मी, यी दुई पक्षको बीचमा बसेर नाफा खाइदिनु उनीहरूको धन्दा हो । आफूलाई ‘गाइड’ पनि भन्ने उनीहरूबाट ग्राहक लुटिन्छन्, यौनकर्मी ठगिन्छन् । डरलाग्दो कुरा के छ भने उनीहरूले फिल्म र मनोरञ्जन जगत्का नाम चलेका अभिनेत्री र मोडलहरूको नाम बदनाम गरिरहेका छन् । ‘फलानी हिरोइन मिलाइदिन्छु, मोडल मिलाइदिन्छु’ भनेर ग्राहक फसाइरहेका हुन्छन् । यौन दलालका यिनै मैला कर्तुत केलाएका छन्, अम्मर जिसी र अनिल यादवले । ‘कुनै वस्तु किनबेच गर्दा किन्ने र बेच्नेका बीच कुरा मिलाई नाफा खाने व्यक्ति’ दलाल हो भन्छ, नेपाली बृहत् शब्दकोश । महिलाको शरीरलाई वस्तु ठान्ने तिनै दलालहरूको बिगबिगी छ, काठमाडौँका यौनधन्दा हुने इलाकाहरूमा । दलालहरू यौनकर्मीलाई ग्राहक जुटाइदिने र ग्राहकलाई यौनकर्मीसम्म पु¥याइदिने काम मात्रै गर्दैनन्, दुवै पक्षलाई लुट्ने काम पनि गर्छन् । प्रहरीका अनुसार आफूलाई ‘गाइड’ बताउने यस्ता दलाल विभिन्न आवरणमा छ्यापछ्यापती भेटिन्छन् । रात्रिकालीन व्यवसाय सञ्चालन भइरहेका स्थान वरपर दलालहरूको राज नै चल्छ । ‘उनीहरू यौनकर्मी र व्यवसायीले भन्दा कैयौँ गुणा नाफा कुम्ल्याउँछन्,’ डीएसपी सोमेन्द्रसिंह राठौर भन्छन् । savar bagrik news

पिपुल्स न्युज

Leave a Reply