![]()
Peoples News kathmandu शनिवार साँझ काठमाडौँ, कलंकी बस्ने सुजित राई यौनप्यास मेट्न पाइन्छ भन्ने ध्येयले रत्नपार्क पुगे । त्यहाँ यौनकर्मी र ग्राहकहरूबीच बार्गेनिङ चलिरहेको थियो । आफ्ना एक साथीसँग पुगेका उनी त्यहाँ यौनकर्मी खोजिरहेका थिए । त्यत्तिकैमा एक अपरिचित युवाले उनलाई सोधे– ‘केटी चाहिएको हो ? चाहिएको भए दामीदामी छन् । एक जनाको दुई हजारमा ‘होल नाइट’ ।’ सुजितलाई लाग्यो– ‘ढुंगा खोज्दा देउतै मिल्यो ।’ चार हजारमा दुईजना जाने ‘ओके’ भएछ । त्यसपछि ती युवाले सुजितलाई ठमेलभित्र कुनामा रहेको डान्सबार पु¥याए । ‘म त यहाँ बस्दिनँ, केटी लिएर गइहाल्ने हो,’ सुजितले ती दलाललाई तत्काल भने । ‘आत्तिनुपर्दैन, त्यही पैसामा हल्का ड्रिंक्स गर्ने हो, अनि मात्र जान दिन्छन् क्या केटीहरूलाई,’ दलालले सम्झाए । डान्सबारमा नाच्ने दुई युवतीलाई छेउमै बसाइदिए । सुजित र उनको अर्को साथीले केही खाएनन् । उनीहरूका छेउमा रहेका युवतीले आफैँ टेबलमा ल्याउँदै वाइन तनातन तन्काइदिए । केही समयपछि टेबलमा बिल पेश भयो– १० हजार रुपैयाँको । सुजित छाँगाबाट खसेझैँ भए । डान्सबार ल्याउने दलाललाई खोजे । उनी त कुलेलम ठोकिसकेछन् । काउन्टरमा बस्नेलाई सोध्दा ‘हामी चिन्दैनौँ’ भन्ने जवाफ आयो । ‘खल्तीमा चार हजार मात्र थियो,’ ठमेलको सडकमा भेटिएका उनले पछुताउँदै भने, ‘बर्बादै भइयो । भएको मोबाइल दिएर फुत्केको नि । अरू कसैलाई सुनाऊँ भने आफ्नै बेइज्जत । अब त भुलेर पनि यसरी केटी खोज्दै हिँडिँदैन ।’
सडकैभरि दलाल
साँझसाँझतिर नयाँ बसपार्क क्षेत्रमा सडकैभरि दलाल भेटिन्छन् । बाटोमा हिँडिरहेको बटुवालाई उनीहरू ‘दाइ, गेस्टहाउस चाहियो ?’ भनिरहेका हुन्छन् । उनीहरू गेस्टहाउसमात्र मिलाइदिँदैनन्, यौनकर्मी पनि मिलाउँछन् । ‘ग्राहकको अनुहार पढेरै हामी उनीहरूको आवश्यकता बुझ्छौँ,’ आइतवार नयाँ बसपार्कमा भेटिएका एक दलालले भने । शुक्रवारकर्मी गफिइरहेकै बेला एक ग्राहक उनीकहाँ आइपुगे । सुरुमा ती दलालले गेस्टहाउसबारे सोधे । ‘पर्दैन’ भन्ने जवाफ आएपछि उनले फेरि लोभ देखाए, ‘मोडल केटीहरू पनि छन् है दाइ, चाहिन्छ भने भन्नुस् । यस्तो अवसर सधँै आउँदैन ।’ त्यसपछि उनीहरूबीच बार्गेनिङ चल्यो । तीन हजारमा ‘होल नाइट’को कुरा मिल्यो । र, उनीहरू लागे ।
महाराजगञ्ज प्रहरी वृत्तका डीएसपी विश्वमणि पोखरेल दलालले ग्राहक ठग्ने समस्या धेरै छ भन्छन् । विशेष गरी, नयाँ बसपार्क क्षेत्रमा त्यस्ता दलाल धेरै हुने गरेको बताउँदै उनले भने, ‘पछिल्लो केही महिनामा १५ जना आफूलाई गाइड बताउने दलाललाई मुद्दा चलाइसक्यौँ । उनीहरू तीनतिरबाट फाइदा लिन्छन् । महिला, ग्राहक र व्यवसायीसँग ।’ ग्राहकहरूले आफू ठगिएको सूचना प्रहरीलाई नदिने प्रवृत्तिले दलाली थप मौलाएको उनको भनाइ छ । प्रहरी प्रभाग, गोंगबुकी प्रमुख प्रहरी निरीक्षक पूर्णिमा चन्दका अनुसार नयाँ बसपार्क क्षेत्रमा विदेशबाट आएकालाई त्यस्ता दलालले टार्गेट गर्छन् । ‘त्यस्तो गतिविधि गर्ने महिलाको हातमा १० प्रतिशत मात्र पर्ने गरेको र अरू दलालले नै खाने गरेको जस्ता खबर महिलाहरूबाटै सुनिन्छन्,’ उनले भनिन्, ‘प्रहरीमा उजुरी र जानकारी नदिने चलनले त्यस्ताविरुद्ध प्रभावकारी कारबाहीमा उत्रन सकिएको छैन ।’
प्रहरीका अनुसार दोहोरी रेस्टुरेन्टका कलाकार मिलाइदिन्छु भनेर ठग्नेहरू पनि नयाँ बसपार्क क्षेत्रमा हुन्छन् । दलालहरू विभिन्न आवरणमा हुने र पीडितले उजुरी नगरिदिने समस्याले दलाल पहिचान गर्न गाह्रो पर्ने गरेको प्रहरीको अनुभव छ ।
उजुरी नै गर्दैनन्
डीएसपी राठौरको कार्यकक्षमा एकजना सरकारी इन्जिनियर हस्याङफस्याङ गर्दै पुगे । यौनप्यास मेट्ने आकांक्षामा दलालमार्फत यौनकर्मीसम्म पुगेको बताउने ती इन्जिनियरले आफू लुटिएको सुनाए । उनको मोबाइलसमेत लुटिएको हुँदा श्रीमतीले गरेको फोन ती यौनकर्मीले उठाउने भय उनमा थियो । ‘ती इन्जिनियर उजुरी नै गर्न चाहन्थेनन्,’ राठौरले भने, ‘उनको एउटा मात्र माग थियो– मोबाइल बन्द गराइदिनुप¥यो ।’
विभिन्न प्रहरी इकाईका अधिकृतहरूका अनुसार यस्ता केही ‘इज्जतदार’ मान्छेहरू समस्या लिएर आउँछन् । तर, उजुरी भने गर्न मान्दैनन् । यौनकर्मी वा दलालबाट लुटिएको खबर अरूलाई सुनाउन धेरैले नचाहने गरेको प्रहरी बताउँछ । savar nagrik news