सरकारी गाडी सेवासुबिधामा लिप्त हुनेहरुकोलागि मन्त्रीको झटारो

Loading

जनार्दन शर्माको अर्को बोल्ड निर्णय ! कुनैपनि कार्यालयले नया गाडी किन्न नपाउने ! पुरानै बनाएर चलाउनु पर्ने !!

People’s News : सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड, २०७८ अनुसार सरकारको स्रोत, वैदेशिक अनुदान तथा ऋणबाट यी दुई प्रयोजन बाहेक नयाँ गाडी खरीद गर्न नपाइने भएको हो । तर, मापदण्डले दुई पाङ्ग्रे सवारी साधनको खरीदमा भने रोक लगाएको छैन ।

सार्वजनिक खर्च घटाउन सरकारले सरकारी गाडी सञ्चालनमा समेत कडाइ गरेको छ । अब सार्वजनिक बिदाको दिन सरकारी गाडी सञ्चालन गर्न अनुमति लिनुपर्ने छ । मापदण्डमा सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन चलाउन काठमाडौं उपत्यकाभित्र सम्बन्धित निकायको सचिव वा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र उपत्यका बाहिर सीडीओको अनुमति लिनुपर्नेछ ।

खर्च कटौतीको लागि सरकारीले अनावश्यक विज्ञापन तथा शुभकामना छपाइमा पनि कडाइ गरेको छ । मापदण्डले सरकारी खर्चमा शुभकामना कार्ड र सन्देश प्रकाशन वा प्रसारणमा पनि रोक लगाएको छ । मापदण्डले आवासीय गोष्ठी वा कार्यशाला आयोजना गर्न रोक लगाएको छ ।

विशिष्ठ व्यक्ति बाहेक सरकारको प्रतिनिधित्व गरी विदेश जाने प्रतिनिधि मण्डलमा तीन जनाभन्दा बढी व्यक्ति समावेश समेत गर्न नपाइने भएको छ । तीनभन्दा बढी व्यक्ति समावेश गर्नुपर्ने भए अर्थ मन्त्रालयको अनुमति लिनुपर्नेछ ।

त्यसैगरी, विदेशी पाहुनाको लागि बाहेक सरकारी खर्चमा भोजभतेर गर्न पाइने छैन ।

Leave a Comment