![]()

पिपुल्स न्युज ।। २०७८ असोज १८ सोमबार ।। कैलाश माझी सप्तरी ।। बुवाको स्मृतीमा छोरीबाट छात्रालाई सहयोग । कपिलबस्तु जिल्ला बुद्धभूमी नगरपालिका ९ स्थित श्री माध्यमिक बिद्यालयमा कक्षा ५ मा अध्यनरत छात्रा मनिषा लम्सालको परिवारमा परेको बज्रपातलाई नियालेर हेरिरहनु भएकि उक्त बिद्यालयकि पूर्व छात्रा हाल बेलायतमा बसोबास गर्दै आउनु भएकि सृजना शर्मा खरेलले सोर्हश्राद्ध (द्वादशी तिथी) को अवसर पारेर आफ्नो बुवा स्व. खेमकोपिला खरेलको स्मृतीमा लम्साललाई एक बर्षे स्कुल शुल्क,कापि,किताब,स्कुल पोशाक र झोला स्व.खेमकोपिला सर्वहित समुह मार्फत आमा,जेठो दाजु /भाउजु लगायत स्कुलका प्रधानाध्यापक श्री खगेश्वर खनालको रोहवरमा उक्त सामाग्री बितरण गकिएकोछ। यसै गरि पूर्व बिद्यार्थीबाट स्कुलमा स्थापना गरिएको सरस्वतीको मूर्तीको लागी पनि बेलायत बाट सृजना शर्मा खरेलले केहि रकम सहयोग गर्नु भएकोछ । बिद्यालय परिवार स्व. खेमकोपिला खरेलको हार्दिक श्रद्धान्जली दिदै छोरी सृजनाखरेल लगायत उक्त परिवारको उत्तरोत्तर प्रगतीको कामना पनि गरेका छ्न । प्राचार्य श्री खगेश्वर खनाल एवं बिद्यालय परिवार