अनलाइनबाट यौन बार्गेनिङ

Loading

Peoples News :  प्रहरीका अनुसार फेसबुक, भाइबर, वी–च्याटजस्ता सञ्जालमा पहुँच भएका गाइडहरूले अनलाइनबाटै ग्राहक जुटाउँछन् । मोलसमेत उल्लेख भएका फोटोहरू ग्राहकलाई देखाउँछन् । ग्राहकलाई चित्त बुझे भेट्ने स्थान पक्का हुन्छ । गाइडका साथमा युवती पनि आउँछन्, जो आफूलाई मोडल भन्छन् र उनीहरूको लवाइ पत्याउने खालको हुन्छ । त्यसपछि ग्राहकलाई होटलमा लिएर जान्छन् । र, सुरु हुन्छ– ग्राहक लुटिइने क्रम । ‘कति केटी त पैसा बुझेर ग्राहकलाई होटलकै कोठामा चुकुल लाइदिएर भाग्ने गरेका पनि छन्,’ सोह्रखुट्टे प्रहरीका सई राजेन्द्र कटुवाल भन्छन्, ‘गाइडसँगको भेटदेखि नै ग्राहकको सपना चकनाचुर हुन थालिसकेको हुन्छ ।’ उनका अनुसार यस्ता गाइड र केटीहरूको पहिलो टार्गेट नशाले मातेका ग्राहकहरू हुन्छन् । ‘भारतीय ग्राहक पनि टार्गेटमा पर्छन् । तर, उनीहरूले प्रहरीमा कम्प्लेन गरिहाल्ने डर हुन्छ । नेपाली ग्राहक जति लुटिए पनि इज्जतको सवाल भन्दै चुपचाप हुन्छन्,’ सई कटुवालले भने, ‘यसरी ठगिएर प्रहरीमा खबर गर्न आउने ग्राहक औँलामा गन्न मिल्ने हुन्छन् । धेरै त इज्जतको सवाल भन्दै जति लुटिए पनि प्रहरीसम्म आइपुग्दैनन् ।

Leave a Comment