पेट्रोल खपत कम गर्न जोरविजोर लागु गर्नुको साथै आइतवार समेत विदा दिन प्रस्ताव

Loading

पिपुल्स न्युज काठमाण्डौ : नेपाल आयल निगमले पेट्रोल र डिजलको खपत कटौती गर्न आइतबार पनि सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ । मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाउँदै निगमले सवारीसाधनमा जोरबिजाेर प्रणाली लगाउनसमेत प्रस्ताव गरेको छ । आइतबार बिदा दिएर जोरबिजोर प्रणाली लगाउँदा पेट्रोल र डिजेलको खपत कटौती हुने निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए । उनले पछिल्लो समय पेट्रोलियम पदार्थमा देखिएको मूल्य वृद्धिलाई मध्यनजर गर्दै सरकारसमक्ष नयाँ विकल्पको प्रस्ताव गरिएको उनले जानकारी दिए । यसले निगमलाई थप राहत दिने उपाध्यायले बताए । इन्धनको मूल्य बढेपछि हामीले केही नयाँ सोच बनाएका हौँ,’ उनले भने, ‘मूल्य अझै बढ्न सक्ने देखिएकाले हामी थप सचेत हुनुपर्छ । उनका अनुसार पेट्रोल र डिजेलका सवारीसाधन आयातलाई निरुत्साहित  गर्न र विद्युतीय सवारीसाधनको आयातलाई प्रोत्साहन गर्नसमेत निगमले सरकारलाई प्रस्ताव गरेको छ । त्यस्तै, छोटो दूरीमा सकभर पैदल यात्रा गर्न नागरिकलाई आह्वान गर्नुपर्ने, छोटो दूरीमा सवारीसाधन नचलाउने, सार्वजनिक तथा सरकारी सवारीसाधनको प्रयोग कम गर्ने, पेट्रोलियम पदार्थमा सरकारले लिँदै आएको कर मिनाहा गर्नुपर्नेलगायत प्रस्ताव निगमले सरकारसमक्ष राखेको छ ।

Leave a Comment