![]()
पिपुल्स न्युज । दिनदिनै बढ्दै गरेको महंगीको कारण जनता चरम महंगीको सिकार हुने पक्का यो १० दिनमा लगातार नवौं पटक मूल्य बढेको हो । यसपटक पेट्रोल र डिजेलको मूल्य झण्डै ८० पैसाले बढेको छ । यसरी पछिल्लो १० दिनमा तेलको मूल्य प्रतिलिटर ६.४० रुपैयाँले बढेको थियो । समाचार एजेन्सी एएनआईका अनुसार दिल्लीमा ८० पैसाले बढेपछि पेट्रोलको मूल्य प्रतिलिटर १०१.८१ रुपैयाँ र डिजेलको मूल्य ९३.०७ रुपैयाँ पुगेको थियो ।
मुम्बईमा ८४ पैसा बढेको छ, त्यसपछि पेट्रोलको मूल्य ११६.७२ रुपैयाँ र डिजेलको मूल्य १००.९४ रुपैयाँ प्रति लिटर पुगेको छ । यो नेपाली १८८ रुपैयाँ हो ।
भारतको यो अवस्था हेर्दा नेपालमा असर नपर्ला भन्न सकिन्न
चेन्नईमा तेलको मूल्य ७६ पैसाले बढेको छ । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १०७.४५ रुपैयाँ र डिजेल ९७.५२ रुपैयाँ प्रतिलिटर रहेको छ ।
कोलकाताको कुरा गर्दा त्यहाँ पेट्रोल र डिजेलको मूल्य ८३ पैसाले बढेको छ । त्यहाँ पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १११.३५ रुपैयाँ र डिजेलको प्रतिलिटर ९६.२२ रुपैयाँ पुगेको छ ।
पछिल्लो १० दिनदेखि सरकारले पेट्रोल र डिजेलको मूल्य क्रमशः बढाउँदै लगेको छ । दैनिक करिब ७५ देखि ८० पैसाले मूल्य बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि भारतमा पनि तेल महँगो हुने अनुमान गरिएको थियो ।
तर, मार्चसम्म पेट्रोलको मूल्य बढेको थिएन् । चुनावका कारण पेट्रोल र डिजेलको मूल्य सरकारले नबढाएको आरोप लगाइएको थियो । भारतमा बढेसँगै नेपालमापनि इन्धनको मूल्य बढ्ने निश्चित छ ।