बजिर खानको गृह प्रवेश कार्यक्रम सफलतापुर्बक सम्पन्न । अल्लाहले सबैको कल्याण गरुन् ।

Loading

रविन्द्र ढुंगेल:- जोरपाटी नयाँ बस्ती स्थित बजिर खानको गृह प्रवेश समारोह सफलतापुर्बक सम्पन्न भएको छ । गत भदौ १२ गते शनिबारको शुभ मुहर्तमा मुस्लिम गुरु अबदुल वहाब कास्मीद्वारा कुरान पाठ गर्दै मुस्लिम परम्परा अनुसार उक्त गृह प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा मुस्लिम गुरु कास्मी लगायत उपस्थित सम्पुर्ण मान्यजन एवं प्रियजनहरुले बजिर खानलाई शुभकामना तथा आशिर्वाद प्रदान गर्नुभएको थियो । विभिन्न मुस्लिम साझेदारी संघ तथा विभिन्न मिडियामा आवद्ध पत्रकारको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा बजिरका सपरिवारले हर्षोल्लासका साथ एकअर्कामा खुसी साटासाट गर्नुभएको थियो । साथै कार्यक्रममा कुरान वाचन पनि गरिएको थियो ।

फेरि पनि बजिर खानलाई शुभकामना तथा आशिर्वाद । अल्लाहले उहाँहरुको कल्याण गरुन् । सबैको रक्षा गरुन् ।

Leave a Comment