सत्ता सुख र स्वार्थका कारण पार्टी फुट्नेक्रम बढदो

Loading

पिपुल्स न्युज : नेकपा एमालेका अध्यक्ष केपी ओलीले केही व्यक्तिको स्वार्थका कारण पार्टी फुटेको बताएका छन् । एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही व्यक्तिको स्वार्थ र अहंकारका कारण पार्टी फुटेको बताएका हुन् । आन्दोलन हाँक्ने अभिभारा, काँधको जिम्मेवारी र जनताका सामु गरिएका प्रतिबद्धताहरू भुलेर पार्टी फुटाइएको उनको आरोप छ ।

हिजोसम्म हामीसँगै रहेका केही मित्रहरू आन्दोलनको बाटो छोडेर, आन्दोलन हाँक्ने अभिभारा बोकेको पार्टी छोडेर, आन्दोलनको अभिभारा बिर्सिएर, आफ्ना काँधका जिम्मेवारीहरू बिर्सिएर, आफूले हिजो जनताका अगाडि जनाएका प्रतिबद्धताहरू बिर्सिएर, आफूले लिएका शपथहरू बिर्सिएर, कर्तव्य बिर्सिएर, बाटो बिराएर भावावेशमा, अकारण, सैद्धान्तिक मतभेद भएर होइन, कसैले लखेटेर बस्न नसकेर होइन, सामान्य अवस्थामा पनि पार्टी चलिरहेको वेला, अगाडि बढिरहेको वेला स्वार्थवश, केहीका स्वार्थमा, केहीका अहंकारमा, केहीको ईर्ष्यावश एउटा नयाँ पार्टी दर्ता गर्ने तहसम्म पुग्नुभएछ,’ उनले भने । एमालेलाई केन्द्र, प्रदेश र जिल्लादेखि स्थानीय तहसम्म कमजोर पार्न लागिएको आरोप लगाउँदै उनले आफूहरू हिँडेको बाटो गलत नभएको जिकिर गरे।

savar link

Leave a Comment