![]()

People’s News : काबुल: बेलायतले करिब २० हजारभन्दा बढी अफगानी शरणार्थीको लागि पुनर्वासको व्यवस्था गर्ने घोषणा गरेको छ । बेलायती समाचार अनुसार बेलायतले नयाँ पुनर्स्थापना कार्यक्रमअन्तर्गत २० हजारभन्दा बढी महिला, युवती, धर्मावलम्बी र अन्य अल्पसंख्यक अफगानी नागरिकहरुको पुनर्वासको व्यवस्था गर्ने घोषणा गरेको छ । टाइम्स न्युजपेपरमा मंगलबार प्रकाशित समाचार अनुसार बेलायत सरकारले उच्च जोखिममा रहेका अफगानी शरणार्थीहरुलाई वैधानिक र सुरक्षित मार्गबाट बेलायत भित्राइनेछ भने हालसम्म करिब ५ हजार अफगानी नागरिक बेलायत पुगिसकेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बेलायती सञ्चारमाध्यमसँग भनेका छन्, ‘विगत २० वर्षदेखि अफगानिस्तानलाई राम्रो मुलुक बनाउन हामीसँग काम गरेका व्यक्तिहरुलाई हाम्रो सहयोगको खाँचो छ । विशेषगरी महिला, युवती र अल्पसंख्यक नागरिकहरुलाई हामीले सहयोग स्वरुप शरण दिनैपर्छ । अफगानी नागरिकको लागि बेलायतले गरेको पुर्नवासको व्यवस्थाले धेरै नागरिकको जिवन रक्षा हुनेछ । अफगान रिलोकेसन्स एण्ड एसिस्टेन्स पोलिसि अन्र्तगत बेलायतले यसअघि ५ हजार अफगानी नागरिकको लागि पुर्नवासको योजना बनाइसकेको बताइएको छ । आगामी योजनाअन्र्तगत २० हजार अफगानी शरणार्थीको पुनर्वासको व्यवस्था गरिने बताइएको छ ।
००००