![]()
तालिबानद्धारा पाकिस्तान बोर्डर सील
People’s News : काबुल; काबुलमाथि कब्जा जमाएको तालिबानले पाकिस्तानसँग जोडिएको बोर्डर सील गरेको बताइएको छ । तालिबानले पाकिस्तानसँगको सीमा ब्यापारमा रोक लगाएको बीबीसी हिन्दीले जनाएको छ । पाकिस्तानसँगको सीमा व्यापार बन्द हुँदा त्यसको असर भारतलाई पर्ने आशंका गरिएको छ । चारैतिर समथल भूभागले घेरेको अफगानिस्तानसँग भारतको व्यापारिक लेनदेन पाकिस्तान हुँदै चल्ने गर्थ्यो । तालिबानले बिहीबारदेखि पाकिस्तान र अफगानिस्तानबीचको सीमा व्यापार बन्द गरेको बताइएको छ । फिडरेसन अफ इन्डियन एक्सपोर्ट अर्गनाइजेसनका अनुसार दुई देशबीचको सीमा नाकामा रोक लगाएपछि मालवाहक यातायातहरु ठप्प छन् । जसको कारण लाखौँ डलरको सामान आयात र निर्यातमा अवरोध भएको छ ।