![]()
People’s News : हैटी: हैटीमा गएको ७.२ म्याग्निच्युडको भूकम्पले लाखौँ मानिस प्रभावित भएका छन् । युनिसेफले शनिबार विहान रिपोर्ट सार्बजनिक गर्दै भूकम्पले ५ लाख ४० हजार बालबालिकासहित १.२ मिलियन मानिसहरु प्रभावित भएको जनाएको छ । उक्त रिपोर्टअनुसार हैटीमा भूकम्पका कारण १ हजार ९ सय ४१ मानिसले ज्यान गुमाएका छन् भने ६ हजार ९ सय मानिस घाइते भएका छन् । भूकम्पमा परी ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने युनिसेफले जनाएको छ । हैटीमा दक्ष जनशक्ति, उपकरण अभाव र भूकम्पपछिको भारी वर्षा र तुफानका कारण उद्धार र राहत कार्यक्रममा ढिलाइ भएको जनाइएको छ ।
00000000
0000000000