सैन्य शासन लागू भएपछि मारिए १ हजार नागरिक : अधिकारकर्मीहरु

Loading

People’s News : म्यानमार/नपिद्व: म्यानमारको सुरक्षा बलले १ हजारभन्दा बढी नागरिक मारिएको बताइएको छ । म्यानमारका अधिकारकर्मीहरुका अनुसार म्यानमारमा सैन्य शासन लागू भएपछि हालसम्म म्यानमारको सैन्य सुरक्षा बलले करिब १ हजारभन्दा बढी आमनागरिकको हत्या गरेको छ । नेसनल लिग फर डेमोक्रेसी पार्टीकी अध्यक्ष एवम् म्यानमारकी नेतृ आङ सान सूकीलाई पदच्युत गर्दै सेनाले गत फेब्रुअरी १ देखि म्यानमारमा सैन्य शासन लागू गरेको थियो । त्यसयता म्यानमारमा डेमोक्रेसी फिर्ताको लागि नागरिकहरु दैनिक रुपमा आन्दोलनरत  छन् । आन्दोलनरत नागरिकविरुद्ध सैन्य सुरक्षा बलले हमला गर्दा करिब १००६ सर्बसाधारहरुको मृत्यु भएको म्यानमारस्थित एसिस्टेन्स एसोसियन फर पोलिटिकल प्रिजनर्सका अधिकारकर्मीहरुले जनाएका छन् ।

अधिकारीकर्मीहरुका अनुसार सुरक्षा बलद्धारा मारिएका नागरिकहरुको संख्या बुधबारसम्म १००६ पुगेको छ । ‘जबसम्म सेना सत्तामा हुन्छ तबसम्म हाम्रो देशका युवाहरु, डाक्टर, शिक्षक, महिला र बालबालिकाहरु मरिरहनेछन्’ एसिस्टेन्स एसोसियन फर पोलिटिकल प्रिजनस सचिवालयकी बो गेईले भनेकी छन्, ‘तिनीहरुले हाम्रो ज्यान मात्र नभई देशको भविष्य र डेमोक्रेटिक आशाको पनि हत्या गरिरहेका छन् । एजेन्सि

Leave a Comment