तिब्बती नागरिकलाई चिनियाँ भाषा बोल्न र लेख्न सि जिङपिङको कडा निर्देशन

Loading

People’s News : स्वसाशित राज्य तिब्बतका नागरिकलाई चिनियाँ भाषा बोल्न र लेख्न चीनका राष्ट्रपति सी जिङपिङले निर्देशन दिएका छन् । हिमाली राज्य तिब्बतमाथि चीनले कब्जा जमाएको ७० वर्ष पूरा भएको अवसरमा चिनियाँ राष्ट्रपतिले सो निर्देशन दिएको बताइएको छ । तिब्बतका नागरिकहरु परम्परागत बौद्ध धर्म र संकृति मान्दैआएका छन् ।

चीनले तिब्बतमा विदेशी पर्यटकहरु आवतजावत पनि सिमित राखेको बताइएको छ । समाचार एजेन्सी एएनआईका अनुसार चीन सरकारले तिब्बतका बालबालिकाहरुलाई सैन्य शिक्षा प्राप्त गर्न जोड गरिरहेको छ । सैन्य शिक्षामार्फत  तिब्बतका बालबालिकाहरुलाई कम्प्युनिस्ट विचारधारा अपनाउन बाध्य पार्ने नीति चिनियाँ राष्ट्रपतिको रहेको छ ।

Leave a Comment