![]()
People’s News : काठमाडौं : पछिल्लो २४ घन्टामा थप ३९ सय १५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । १८ हजार ५८२ नमूना परीक्षण गराउँदा ३९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ११ हजार ७०८ जनाको पीसीआर र ६८ सय ७४ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराइएको थियो । जसमा २७ सय ६३ नमूनाको पीसीआर र ११ सय ५२ नमूनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।यस्तै शुक्रबार २१ सय १८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। निको हुने यो ९३.३ प्रतिशत हो । यो सहित नेपालमा कोरोना जित्नेको संख्या ६ लाख ७९ हजार ४९४ पुगेको छ । मन्त्रालयका अनुसार शुक्रबार कोरोनाबाट थप २७ जनाले ज्यान गुमाएका छन् । हालसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ पुगेको छ। कोरोना संक्रमित ७३६ जनाको आइसीयू र १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।