६ बर्ष देखि स्कुलको मुख नहेरेका बिद्यार्थीले गरे एस.ई.ई परिक्षा उर्तिण : कैलाश माझि ///सप्तरी///

Loading

पिपुल्स न्युज//कैलाश माझी//सप्तरी :  साउन २९ गते शुक्रबार शिक्षा क्षेत्रलाई धज्जी उडाउदै प्रदेश २ का जन प्रतिनिधि तथा कर्मचारीहरु । बिषय बस्तु अनुसार हाल प्रकासित एसईई परिक्षामा उत्तिर्ण हुन सफल एक परिक्षार्थी गाउँ मा त के बिगत ६ बर्ष देखि देश मै नरहेको अवस्थामा पनि स्थानिय स्कुलबाट सफल्ता पुर्वक परिक्षा पनि दिए र उन्नत अंक ल्याएर उतिर्ण पनि भए । कठिन कुरा के हुन भने बिदेशमा भएको व्यक्तिको कागजात तयार भए कसरी ? कस्ले गरे कागजात तयार ? को को छन त यस खेलमा सम्मिलित ? यस्तो कार्यमा स्कुल प्रशासन देखि सम्बन्धित हरेको संलग्नता उत्तिकै देखिन्छ । सप्तरी जिल्ला भरीको न.पा हरुको तुल्नामा सप्तकोसी नगर पालिकाको हरेक काम कर्तव्य हरक्षण बिबादित अवस्थामा मात्र देखिने गरेको छ । सप्तकोशी नगरपालिका वडा न १० मा अवस्थित श्री जनता माद्यमिक विद्यालयले बिगत ६ वर्ष लामो समयदेखि विदेशमा रहेका युवालाई उत्कृष्ट अंक २.७५ जिपिए ल्याएर एस.ई.ई. परिक्षा उत्तिर्ण गराउँन सफल भएका छ्न स्थानिय  कर्मचरीहरु । परिक्षाको नतिजा सार्वजनिक भइ सकेपछी उतिर्ण भएका सम्पुर्ण परिक्षार्थीहरुको रिजल्ट चेकजाँच र अनुसन्धान गर्दै जाँदा उक्त विवरणमा वडा नं. ११ का स्थाइ बासिन्दा गोपाल प्रसाद शन्त बिगत ६ वर्ष लामो समय देखि वैदेशिक रोजगारीका लागि खाडी मुलुक मलेसियाको जोहरबारुमा गएका रहेछ्न । पिपुल्स न्यजका सम्बाददाता यस बिषयलाई लिएर आवश्यक थप अनुसन्धान गर्नका लागि उक्त जनता स्कुलका प्रधानाध्यापक श्याम चौधरी कहाँ सोधपुछ गर्दा थप कुरा खुल्न समेत आयो जस अनुसार एस.ई.ई. उतिर्ण भएका बिद्यार्थी गोपालका बुवा राम सन्त सोहि जनता स्कुलका कार्यालय सहयोगी रहेको तथ्य समेत खुल्न आए र उनले विद्यालयका प्रधानाध्यापक श्याम चौधरी, अध्यक्ष राधे खडगा, र सोही बिद्यालयका लेखापाल छेबी मण्डल लगायत अन्यहरु सँगको मिलेमतोमा परिक्षा फर्म भराएर परिक्षा उतिर्ण गराएका जस्तो देखियो ।

……………………………………………………………………………………………………

देशको कानुनलाई लत्याउदै गाउँको छरछिमेकीको आधारमा उतिर्ण गराएको यसमा कुनै नराम्रो होइन भन्ने व्यक्ति यस स्कुलका लेखापाल हुन उन्ले भने लेखापाल छेबी मण्डल सग सोधपुछ गर्दा गोपाल सन्त बिदेश बाट आफू आएर परिक्षा दिन्छु भनेर फर्म भरिदिनुहुन आफुलाइ अनुरोध गरे पछि आफुले उसको फर्म भरेर पठाएको बताएका छ्न सन्त आफ्नै बिद्यालयका कार्यालय सहयोगीका छोरा भएको र आफनै गाउँ ठाउको भाइ भतिज भएकोले गर्दा परिक्षामा उतिर्ण गराउदा आफुले केहि गल्ती नगरेको दाबी गरेका छ्न । 

                                                                                                   ========================================

शिक्षाको नियम कानुन अनुसार एस.ई.ई. को परिक्षा फर्म भर्न विद्यार्थी स्वयं आफै उपस्थित भएर फर्म भर्नु पर्ने ब्यवस्था रहेको छ । तर उक्त स्कुलका कर्मचारीहरुद्वारा हरेक नियमकानुनलाई मिच्दै आफनै नियमानुसार हर सम्भव सेटिङ्ग मिलाई बिदेशमा भएको युवालार्इ पनि उतिर्ण गराउँन सफल भएका छ्न । यस बिषयमा विद्यालयका प्रधानाध्यापक चौधरीका अनुसार विदेशमा पनि बसेर विद्यार्थीले परिक्षा कसरी पास गर्यो भन्ने विषय आफुलाई समेत जानकारी नभएको अनभिज्ञ जस्तो अर्थहिन जवाफ फर्काए भने हाम्रा सम्बाददाताको छडके चेकमा बिदेशमा रहेका गोपाल सन्तले समेत आफु विगत ६ वर्ष लामो समयदेखि मलेसियामा रोजगारीको सिलसिलामा रहेको र सरहरुकै मार्फतबाट परिक्षा फर्म भरेको स्विकारेका छन । हरेक तर्फको शंका स्कुलका कर्मचारी माथि जाँदा पनि यता भने प्रधानाध्यापकलाई यस बिषयमा केही जानकारी नभएको र लेखापालले आफुकहाँ परिक्षाको प्रवेश पत्रमा हस्ताक्षर गर्नको लागि प्रवेश पत्र थुप्रै लिएर आएको हुनाले कसैको नामै नपढी हस्ताक्षर गरेको कारण आफुलाइ केही जानकारी नभएको र भुलचुकमा आफुबाट हुन गएको गल्ती स्विकार्दै माफी मागेका छ्न भने यस बिषयको सत्यतथ्य बाहिर ल्याइ दोशीललाइ कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता पनि जनाएका छ्न । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राधे खड्गासंग यस बिषयमा बुझ्न खोज्दा आफुलाई कुनै जानकारी नभएको र रास्ट्र परिक्षा बोर्डको निर्णय अनुसार हामीले भौतिक रुपमा परिक्षा नलिई आन्तरिक मुल्यांकन गरेकोले को विद्यार्थी घरमा छ, को विदेशमा छ छुट्याउन गारो भयो भन्दै जवाफदेही दिन बाट पन्छिन खोजेको प्रष्ट देखिन्छ ।

अन्य प्रतिनिधिको जस्तै लेखापाल छेबी मण्डल सग सोधपुछ गर्दा गोपाल सन्त बिदेश बाट आफू आएर परिक्षा दिन्छु भनेर फर्म भरिदिनुहुन आफुलाइ अनुरोध गरे पछि आफुले उसको फर्म भरेर पठाएको बताएका छ्न सन्त आफ्नै बिद्यालयका कार्यालय सहयोगीका छोरा भएको र आफनै गाउँ ठाउको भाइ भतिज भएकोले गर्दा परिक्षामा उतिर्ण गराउदा आफुले केहि गल्ती नगरेको दाबी गरेका छ्न । जहा सैद्धान्तिक मूल्यांकनको लागि माध्यमिक शिक्षा एन कानुन अनुसार विद्यालयहरुले लिएका परीक्षाहरुमध्ये अधिकतम पाठ्यक्रम समावेश हुनेगरी पछिल्लो पटक लिइएको परीक्षाको अंकलाई विषयगत पूर्णाक अन्तरगत परिवर्तन गरी विषयगत अन्तिम मूल्यांकनको प्राप्तांक दिने व्यवस्था उल्लेख रहेकोछ। प्रयोगात्मक मूल्यांकन अनुसार प्रयोगात्मक प्राप्तांक चढाउँदा सम्बन्धित विद्यालयहरुले यस अगाडि नै प्रयोगात्मक परीक्षा सञ्चालन गरी शिक्षा विकास तथा समन्वय एकाइमा पठाएको विवरणमा केही फरक नपर्ने गरी इमान्दारीका साथ सोही अंक चढाउनुपर्ने व्यवस्था रहेकोछ। आन्तरिक मूल्यांकनका नाममा राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ को उलंघन गरेको पाईएको छ ।

जहाँ देशका अधिकांश विद्यालयहरुले नियम बिपरित आफ्नो मनमानी नम्वर दिएको देखिन्छ । सप्तकोशी नगरपालिकाको शिक्षा शाखाका अधिकृत रमेश खड्काले भनिन बिदेशमा भएको ब्यक्ति एस ई ई परिक्षा पास भएको विषय समाजिक संजाल मार्फत थाहा पाएको हुदा सो विषयमा विद्यालयलाई पत्राचार गरी दुई दिन भित्र सम्पुर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएका थियौ तर यता भने बिद्यालयले ५ दिन बितिसक्दा पनि कुनै ठोस पत्राचार गरेको पाइएको छैन। खड्काले भनिन एस ई ई परिक्षा फर्म विद्यार्थी स्वयम् उपस्थित भएर भर्नु पर्ने ब्यवस्था रहेको हुदा बिदेशमा बसेका युवालाई कसरी फर्म भरेर अंक पठाईयो र अंक पठाउँदा नियम कानुन अनुसार मापदण्ड पालना गरियो कि गरिएन भन्ने विषय पनि छानविन हुने उनले वताएका छ्न। प्रधानाध्यापक, अध्यक्ष, लेखापाल, र कार्यालय सहयोगी सबै एकै गाउ ठाउको मान्छे भएको हुदापनी आफुलाइ केही थाहा नभएको जस्तो प्रतिक्रिया सुन्दा सजिलै अनुमान गर्न सकिन्छ कि यहाँ सबै काम मिलोमतोमा भएको हो। बिदेशमा भएका युवालाई एस। इ। इ। उतिर्ण गराउन सफल भएर अहिले उक्त बिद्यालयका सम्पुर्ण जिम्मेवार ब्याक्ती हरु बिद्यालय जस्तो संबेदनसिल क्षेत्र संग सरासर खेलवाड गरेको देखिन्छ । हुन त यश बिद्यालयको लागि यो कुनै नौलो कुरा होइन यश भन्दा अगाडि पनि बिगतका दिनहरुमा यस्ता अनैतिक किसिमका धेरै कार्यहरु भएका छ्न । तर बिड्म्बना यस्ता खालका कयौ घटना घटिसकेपनी हाल सम्म कुनै दोसिलाई कारवाही गर्न सकेका छैन कार्वाही पनि कसरी गर्ने होला दोषी आफ्नै मान्छे परे पछि कार्वाही किन गर्ने होलान । यहाको चलनै यस्तो छ दोषी आफ्नो नाता गोताको परेछन भने कारबाही गर्नुको सट्टामा उल्टो संरक्षण गरेर राख्छ्न। सप्तकोशी नगरपालिका भित्रका जनता स्कुल एउटा उदाहरण मात्रै हुन यसता धेरै बिद्यालयहरु छ्न जहाँ बिद्यालयको नाममा राजिनिती गर्दै आफ्नो मनमानी नियम बिपरित कयौ काम गर्दै आएका छ्न । शिक्षा जस्तो संबेदनसिल क्षेत्रमा घटेको यो अनैतिक घटनाको हामी घोर बिरोध गर्द्छौ यश घटनाको सहि सत्य निस्पक्ष छानबिन गरि दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस भन्ने माग समेत गर्नु भएकोछ ।

Leave a Comment