![]()
People’s News : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले महामारीका रूपमा वर्गीकरण गरेयता कोभिड–१९ बाट विश्वभर १८ करोड ५० लाख भन्दा बढी मानिसहरू सङ्क्रमित भएका छन् भने ४० लाख भन्दा बढीको मृत्यु भएको छ । खोपले विश्वलाई सामान्य अवस्थामै फर्काइदिने ठूलो आशा गरिएको छ । तर वैज्ञानिकहरू भने कोरोनाभाइरस रहिरहने विषयमा झन् विश्वस्त हुँदै गएका छन् । ज्यानुअरीमा विज्ञान सम्बन्धी एक प्रमुख जर्नल नेचरले विश्वभरका १०० जना भन्दा बढी इम्युनोलोजिस्ट, भाइरोलोजिस्ट अनि स्वास्थ्य विज्ञहरूलाई सार्स कोभ– २ उन्मूलन गर्न सकिन्छ ? भनेर सोधेको थियो । लगभग ९० प्रतिशतले जवाफमा ‘सकिन्न‘ भन्ने उत्तर दिएका थिए ।उनीहरूका अनुसार कोरोनाभाइरस एन्डेमिक अर्थात् स्थानीय प्रकोप बन्ने कुराको प्रमाण छ र यो विश्वका विभिन्न क्षेत्रमा फैलिरहने छ । यस्तो अवस्थामा हामीले कोभिडसँग कसरी वर्षौँसम्म बाच्नुपर्ने हुन्छ भन्ने विषयमा विज्ञानले कस्तो भविष्यवाणी गर्छ त ?