![]()


People’s News : नेपालमा बर्सेनि आत्महत्याको क्रम बढ्दो रहे पनि आम सर्वसाधारणले सीमित मानसिक स्वास्थ्य सहयोग पाउने अवस्था रहेको जनस्वास्थ्यकर्मीहरूले बताएका छन् । डेढ वर्षअघि कोरोनाभाइरसको महामारी देखा परेयता विगतको तुलनामा उल्लेख्य रूपमा नेपालमा आत्महत्याका घटनाहरूमा वृद्धि भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाउँछ । सरकारी अधिकारीहरू भने राष्ट्रिय योजना बनाएर नै आत्महत्या नियन्त्रणको प्रयासमा आफूहरू लागिरहेको तर श्रोत र साधन अनि मानसिक स्वास्थ्य सम्बन्धी विशेषज्ञ चिकित्सक सहितको अभावले आफ्नो प्रयासमा अप्ठेरो निम्त्याइरहेको बताउँछन् । विज्ञहरू आत्महत्या नियन्त्रणका लागि आर्थिक, सामाजिक र पारिवारिक कारणले निम्त्याउने मानसिक तनावहरू सम्बोधन गर्न सम्बद्ध सबै पक्षहरूले भूमिका खेल्नुपर्नेमा जोड दिन्छन् ।