![]()
People’s News : उपत्यकामा सङ्क्रमणको अवस्था सङ्क्रमणको दोस्रो लहरसँगै वैशाख १६ बाट जारी निषेधाज्ञा असारपछि खुकुलो बनाउँदै लगिए पनि अघिल्लो साताबाट त्यसमा पुनः कडाइ गर्न थालिएको छ । सङ्क्रमण दर निरन्तर उकालो लागेपछि यसअघि खुला गरिएका सभागोष्ठी लगायत २५ जनाभन्दा कम मानिस भेला भएर गर्न पाइने कार्यक्रमहरूमा अघिल्लो साताबाट पुन: बन्देज लगाइएको थियो । पछिल्ला दिनहरूमा काठमाण्डौ उपत्यकामा निरन्तर १०,००० भन्दा बढी सक्रिय सङ्क्रमितहरू रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा हालसम्म दुई लाख ९० हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् भने २,९०० बढीको सङ्क्रमणकै कारण निधन भएको छ ।