निषेधाज्ञा उल्लङ्घन हुँदा कारबाही 

Loading

People’s News : उल्लङ्घन हुँदा कस्तो कारबाही  यसअघि तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको अनुगमन तीव्र बनाउने उल्लेख गरे पनि अनुगमनभन्दा सचेतना बढाउनेमा ध्यान दिइएको प्रजिअ पराजुलीले बताए । हामीले अनुगमन गरेर जरिवाना वा कारबाही गर्ने भन्दा पनि जनचेतना बढाएर मान्छेहरूलाई आफैँ सचेत बनाउन सकिन्छ कि भन्ने प्रयास गरेका हौँ,” उनले भने । उपत्यकाका प्रशासन कार्यालयहरूले निर्देशन नदिए पनि ट्राफिक प्रहरीले भिडभाड हुने गरी यात्रु चढाउने सार्वजनिक यातायातलाई कारबाही सुरु गरेको छ । साउन १९ गते एक साताका लागि थप गरिएको निषेधाज्ञामा सार्वजनिक सवारीसाधनहरूले स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने उल्लेख थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो तीन दिनमा मात्रै क्षमताभन्दा बढी यात्रु चढाएका कारण १८७ जना चालकहरू कारबाहीमा परेका छन् । ३० जना प्रहरीहरूलाई सादा पोसाकमा खटाएर अनुगमन गरिरहेको छौँ । सचेत यात्रुहरूबाट आउने फोनका आधारमा र उपत्यका बाहिर छुट्ने सवारीमा आफैँ यात्रु बनेर समेत हाम्रो टोलीले अनुगमन गरिरहेको छ,  महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले भने । उपत्यकाको सुरक्षा व्यवस्था हेर्दै आएको महानगरीय प्रहरी कार्यालयले गत वैशाखयता ५१,७११ मोटरसाइकल र २६,८८० चार पाङ्ग्रे सवारीसाधनलाई निषेधाज्ञा उल्लङ्घनमा कारबाही गरिसकेको छ । प्रहरी प्रधान कार्यालयको विवरण अनुसार यो अवधिमा उपत्यकामा मास्क नलगाई हिँडडुल गर्ने १५,००० भन्दा बढीलाई मास्क वितरण गरिएको छ । 

Leave a Comment