![]()



People’s News : काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्याबारे अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको र दोषीलाई चाँडो कारवाही गर्न निर्देशन दिएको बताएका छन् । कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार तीन वर्ष पुगेको छ । सोही अवसरमा प्रधानमन्त्री देउवाले यस्तो प्रतिक्रिया दिएका हुन् । गृहमन्त्री र प्रहरी प्रमुखहरुलाई बोलाएर उक्त घटनाबारे जानकारी लिएको उनको भनाइ छ । साथै घटनाका दोषी छिट्टै पत्ता लगाएर कारवाही गर्न निर्देशन दिएको पनि उनले बताए ।
प्रधानमन्त्री देउवाले ट्वीटरमा लेखेका छन् “निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु। चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारवाही गर्न निर्देशन पनि दिएको छु । तीन वर्षअघि साउन महिनामा कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । तर घटनाका दोषी हालसम्म भेटिएका छैनन् । तर दोषी पत्ता लगाउन माग गर्दै अधिकारकर्मीहरुले बारम्बार प्रदर्शन समेत गर्दै आएका छन् ।