जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई लापरबाही गर्ने छुट छैन : प्रचण्ड

Loading

9562People’s News : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन भत्काउन अनेक षड्यन्त्र भइरहेको बताएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारलाई झन्डै दुईतिहाइ बहुमतनजिक पु¥याएपछि प्रतिक्रियावादीहरूले यसलाई नसोचेको कुरा भएको ठान्दै सत्तारुढ दलबीचको गठबन्धनलाई अझै पनि भत्काउने षड्यन्त्र भइरहेको उनले बताए । प्रतिगमनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई बचाउने प्रयास जारी रहेको बताए । उनले भने ‘सत्ता गठबन्धनलाई भत्काउने प्रयास अझै पनि जारी छ । नेताहरूबीच कतै छिद्र छ कि ? कांग्रेस र कम्युनिस्ट भनाउन सकिने हो कि ? एमालेभित्र चलिराखेको छ नि फरमानको फरमान । एमसिसी अगाडि सारेर हुन्छ कि ? आइपिएस अगाडि सारेर हुन्छ कि ? यस्ता विषयलाई अघि सारेर सत्ता गठबन्धनलाई भत्काउन अनेक खालका कसरत भइरहेको बुझ्न जरुरी छ ।

उनले एमाले उपाध्यक्ष भीम रावलप्रति लक्षित गर्दै भने ‘संसद् विघटनविरुद्धको गठबन्धनमा राम्रो भूमिका खेलेका बडो स्पिरिटका साथ काम गरेका साथीहरू पनि ढले । त्यो त्यत्तिकै ढलेको होइन । त्यहाँभित्र गम्भीर षड्यन्त्र थिए । त्यति गरेर पनि गठबन्धन टुटाउन नसकेपछि देउवा नेतृत्वको सरकारलाई बहुमत आउन नदिन ठूलो कसरत भयो । प्रचण्डले एमाले अध्यक्ष केपी ओली इतिहासमा नराम्रोसँग पछारिए पनि कमजोर ठानिहाल्ने अवस्था नरहेको पनि बताए । उनले सत्ता गठबन्धनमाथि जनताको पक्षमा दिनदिनै केही काम गरेर देखाउने चुनौती रहेको उल्लेख गर्दै मन्त्रीहरूलाई लापरबाही गर्ने कुनै छुट नभएको पनि बताए । ‘लापरबाही गर्ने छुट कुनै पनि मन्त्रीलाई छैन । सानासाना भए पनि सकारात्मक काम हुँदै जानु अनिवार्य छ । कोही पनि मन्त्रीलाई अलिकति पनि छुट छैन, लापरबाही गर्ने । यो बाँकी अवधि राष्ट्र र जनताको पक्षमा समर्पित गर्नुपर्नेछ । हुुन त सरकारले जनताको जीवन सुरक्षाका लागि कोरोना खोपलाई प्राथमिकता दिएर राम्रो कामको सुरुवात गरेको छ । तर, अब यो राष्ट्रलाई नै क्याप्चर गरेर निरंकुशता लाद्न ओली नेतृत्वको सरकारले गरेको सेटिङलाई कानुन र संविधानसम्मत ढंगले परास्त गर्दै अघि बढ्नुपर्ने हुन्छ ।

प्रचण्डले पार्टीभित्र मन्त्री बन्न दबाब दिनेहरूले आफूलाई मानसिक तनाव बढाएको प्रतिक्रिया पनि दिए । ‘म अहिले पनि मन्त्री बन्न दबाब दिने मान्छेहरूको हुलभित्रबाट यहाँ आएको छु । आतंक छ, मेरा दिमागमा, कसलाई मन्त्री बनाउने ? हाम्रो पार्टीको ४९ जना सांसद सबै मन्त्री बन्न चाहन्छन्, हामीले पाउने मन्त्री बढीमा सातजना हो । चार–पाँच दिनयता मचाहिँ साँच्चै एक खालको मानसिक तनावभित्र छु ।कार्यक्रममा नेता नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता कर्माचार्यको जीवनशैलीलाई ग्रहण गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

Leave a Comment