![]()
People’s News : काठमाडौँ: जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षीय केन्द्रीय कार्यकारिणी समितिको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा सुरु भएको छ । संसदीय दलको विधान अनुमोदन, संसदीय दलको निर्वाचनका लागि समिति गठन, पार्टी प्रशीक्षणको तालिक लगायत विषयमा बैठकले निर्णय गर्ने बताइएको छ । यसवाहेक निर्वाचन आयोगमा जारी आधिकारिकता विवाद र महन्थ ठाकुरले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाबारे पनि बैठकमा छलफल हुनेछ । नयाँ सकार गठनसँगै जसपामा भने उपेन्द्र यादव र महन्थ ठाकुर समूहबीच आधिकारिकताको विवाद चर्किँदै गएको छ । निर्वाचन आयोगले भने विवाद समाधानका लागि ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिलाई साउन ११ गते उपस्थित हुन आदेश दिएको छ । तर नेता ठाकुरले यस्तो आदेश विरुद्ध अदालतमा रिट दायर गरेका हुन् । ठाकुर समूहले निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई समर्थन दिएको थियो भने शेरबहादुर देउवा नेतृत्वको सरकारलाई यादव समूहको समर्थन छ ।