नेपालीका १२ बानी : देब कुमार पोखरेल/दोलखा

Loading

पिपुल्स न्युज : दोलखा – हाम्रो समाज आकाको आलोचना गर्न र सुन्न रमाउने समाज हो । हरेक चोक , गल्ली , चियापसल ,रेस्टुरेन्ट , भट्टी पसल, पधेरा ,अफिस ,जहि तहि अरुको कुरा काटेको पाइन्छ ,सबै भन्दा बढी सरकार र नेताको आलोचना गरिन्छ ,कुरा काटिन्छ ,सरकारले गरेको कामको बयान भन्दा सरकारको कमजोरिको संसद वा जनताको लेभलमा आलोचना त संसार भरिकै प्रचलन हो तर यहाँ अचाक्ली नै हुने गरेको छ । आलोचना गर्नु भन्दा आत्माआलोचना गर्नु निकै कठिन छ ।

आज सबै नेता कार्यकर्ता र जनताले आफुले परम्परागत रुपमा गर्दै आएको कमजोरिको आत्मानुभुती गरेपछी मात्र सहि ठाउमा पुग्न सकिन्छ । नेपाली जनता जसले देशको इतिहास निर्माण गरेका छन , गम्भीर परंरागत गल्ती दोहोर्याउदै आएका छन , अरुलाइ चोर औला ठड्याउदा आफुतिर औला फर्किएका हुन्छन , भनिन्छ जनतातिर ठडिएका औलाको चर्चा किन नगर्ने । ….. १) हामी आश्वासनको आधारमा नेता र पार्टी लाई भोट हाल्छौ , आश्वासनलाई यथार्थमा खोज्दैनौ ,अर्को चुनाबमा नया नया गुलिया आश्वासन का पछि पछि दगुर्छौ ।

देशको नितिगत सिद्धान्तको पक्ष पोषण गर्नेलाइ भन्दा कालो धन खर्चिएर डन गुन्डा अगाडि पछाडि लगाएर हिड्ने लाई नेता मान्छौ वाह वाह गर्छौ ।…२) चुनाबमा बढी पैसा खर्च गर्न सक्ने उम्मेदवार लाई राम्रो उम्मेदवार ठान्छौ । पैसा खर्च गर्न नसक्नेले राजनितीमा नआए हुन्छ भनेर निम्न बर्गबाट राजनितिमा आएका वा आउन चाहनेलाइ पटक पटक निरास पार्छौ । सर्बहाराको राजनितिमा सर्बहारा चाहिँ पस्नै नपाउने पसेकालाइ पनि बस्नै नपाउने परिस्थितिको टुलुटुलु हेरिरहन्छौ ।…३)

एउटा सामान्य हैसियत भएको नेता शक्तिमा पुग्ने बित्तिकै करोडौं सम्पतिको मालिक भएको देख्दा उसको सम्पतिको स्रोत के हो भनेर खोजिनिती गर्दौनौ बरु मौकामा चौका हानेछ भनेर उसैको तारिफ गर्छौ आलोचनात्मक चेतनालाइ लुकाएर चाप्लुसी चेतना प्रदशन गर्छौ ।…४) कम्तिमा पाँच बर्ष चल्ने स्थिर सरकार बनाउन भोट माग्छौ भोट हाल्छौ तर सरकार चलेको पाँच महिनामै सरकारको कुरा काट्न थाल्छौ , ताल परे विभिन्न बहानामा सरकारको बिरोधमा सडक तताउछौ पाँच महिना अघि महान मानिसको ठूलो नेतालाइ उसको कुनै इजाजत बिना तारो हान्ने साधन बनाउछौ । …५) हामी बागमती नदि सफाइ अभियान नगर सफाइ अभियान पालिका वडा सफाइ अभियानमा सरिक हुन्छौ नेतालाइ बोलाएर उद्घाटन गराएर सेल्फी खिच्छौ तर आफ्नो घर बाट निस्कने फोहोर सार्बजनिक ठाउँ रोड खोलामा यत्र तत्र फालिदिन्छौ ।…६)

हामी उहीँ किसिमको निर्माण सामाग्री प्रयोग गरेर आफ्नो घर पचास पर्ष टिक्ने बनाउछौ तर आफू उपभोक्ता समितिको अध्यक्ष वा ठेकेदार भएर सरकारी बजेट खर्च गरेर आफ्नो घर अगाडिको सडक सार्बजनिक बाटो बनाउदा चाहिँ पचास दिन पनि नटिक्ने बनाउछौ । ..७) हामी सरकारले राम्रो नियम कानुन बनाउन सकेन भनेर खुब आलोचना गर्छौ तर हामीलाई बनेका नियम कानुनलाइ पालना गर्नु परे आफुलाइ निम्छरो भएको महसुस गर्छौ ,….८) हामी आफ्ना बालबच्चालाइ महँगो निजि स्कुलमा पढाउछौ र सरकारी स्कुलको ब्यबस्थापन समितिको अध्यक्ष वा सद्स्य समितिमा पदाधिकारीमा बस्न मरिहत्ते गर्छौ ! ….९)

हामी आफुलाइ सर्बश्रेठ ठान्छौ सरकार सम्सद भन्दा ठूलो ठान्छौ मेरो कुरा लागू भएन भने भनेर ठुला आवाजमा अडिक कस्छौ अनसन बस्छौ !…१०) हामी कुनै सार्बजनिक वा सामाजिक काम गर्नु परेमा यसबाट मलाइ के कति फाइदा हुन्छ भनेर सोच्न थाल्छौ सकेसम्म आफ्नो भाग पहिल्यै छुट्याएर मात्र काम सुरु गर्छौ ।…११)

हामी ट्राफिक जाम भएको मन पराउदैनौ आफू जाममा परे खुइ खुइ श्वास फेरेर बस्छौ ट्राफिक नियम र सडक नियम उलंघन गरेर आफै ट्राफिक जाम गरिरहेका हुन्छौ ।….१२) कमजोरी नगर्ने असल नागरिक उल्लिखित हामी भित्र पर्दैन यहाँ त केही आम मनोवृत्ति मात्र चर्चा गरिरहेको हो । जनताको तहमा देखिने यस्ता कमजोरि नहटे सम्म समाजको अग्रगामी रुपान्तरण केबल बहस मात्र हुने छ आर्थिक समृद्धिको नाराको बिचल्ली हुनेछ । जनताको मनोवृत्तिमा परिवर्तन नआए सम्म जुन सुकै सिद्धान्त बोकेको जतिसुकै स्थिर र प्रतिबद्ध सरकार आएपनी देशको मुहार तत्काल फेरिने कल्पना गर्न सकिँदैन किन भने नेता जनताले बनाउने हो , गड्यौला बर्सेजस्तो नेता आकास बाट बर्सने होइन । ….. देब कुमार पोखरेल तामाकोसी गाउपालिका वडा न ४ मालु पुर्ब युवा संघ नेपाल दोलखाको जिल्ला कमिटी सदस्य ।

1 thought on “नेपालीका १२ बानी : देब कुमार पोखरेल/दोलखा”

Leave a Comment