![]()

People’s News : सुदूरपश्चिमका ९ जिल्लामा मंगलबारसम्म एन्टिजेन र पीसीआर प्रविधिबाट परीक्षण गरिएका ५ सय ७१ जना सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयले मंगलबार बेलुकी सार्वजनिक गरेको बुलेटिनमा सबैभन्दा बढी कैलालीमा १ सय ८४ जना, कञ्चनपुरमा १ सय १६ जना, बैतडीमा ९० जना, दार्चुलामा ५२ जना, डडेल्धुरामा ४४जना, अछाममा ३९ जना, बाजुरामा ३१ जना, बझाङमा १२ जना, डोटीमा ७ जना गरी ५७१ जना सक्रिय संक्रमित रहेको उल्लेख छ।