![]()

Peopel’s news : बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा गरिएको एन्टिजेन परीक्षणमा एकै वडाका १९ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना अस्थायी अस्पतालका चिकित्सक कुमार कार्कीले वडा नम्बर ४ का एकै परिवारका चार जनामा कोरोना पुष्टि भएपछि त्यहाँ मंगलबार नमुना परीक्षण गरिएको बताए । एकै परिवारका चार जना बिरामी भएर श्रीकोट स्वास्थ्यचौकी आए। हामीले कोरोनाजस्तै लक्षण देखिएपछि एन्टिजेन परीक्षण गर्यौं। चारै जनामा कोरोना पुष्टि भयो’, डा. कार्कीले भने, ‘त्यसपछि गाउँमै गएर कोरोना जाँच गरिएको हो । वडा नम्बर ७ को चडेपानी गाउँमा मात्रै मंगलबार गरिएको ७१ जनाको परीक्षणमा १५ जनामा कोरोना देखिएको हो । तीमध्ये दुई जना गम्भीर बिरामीलाई जिल्ला कोरोना अस्पताल बैतडी लगिएको छ । ७१ जनामा १५ जनामा कोरोना पुष्टि हुनु भनेको झण्डै २१ प्रतिशत हुन्छ । गाउँबाट धेरै आफन्तहरू, ज्वरो खोकी छ भनेर औषधि माग्न आउने गरेका छन्, त्यहाँ अझै बृहत् रूपमा परीक्षणको आवश्यकता छ’ डाक्टर कार्कीले भने । बैतडीमा अहिले ८१ जना सक्रिय संकमित छन्। अहिलेसम्म त्यहाँ १४ जनाले ज्यान गुमाई सकेका छन्। एकै वडामा गरिएको नमूना परीक्षणमा १५ जनामा कोरोना भेटिनु भनेको समुदायमा संक्रमणको दर उच्च रहेको अनुमान गर्न सकिने सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए। उनले, उक्त वडामा, कोरोना संक्रमण भएका परिवारका सबैलाई परीक्षण गरिने बताए ।