सप्तकोशी न.पा.को टेङग्राहा पुलका साथै बलार्दह डुवानमा प्रसाशन स्थिर : कैलाश माझी/सप्तरी

Loading

२०७८ असार २० गते आइतबार ।
पिपुल्स न्युज सप्तरी बाट कैलाश माझीको रिपोर्ट : लगातारको अविरल बर्षा सुरुभएसँगै सप्तरीको सप्तकोशी नगरपालिका वडा न. ०२ मा पर्ने टेङराहा खोलामा पानीको बहाब बढ्दै गएपछि यतिबेला त्यहाका स्थानियवासीहरु चिन्तित् बनेका छन् । टेङराहा खोला नदी नियन्त्रणका स्थायी समस्या समाधान नभएको हुदा यो वर्ष पनि सो ठाउँका जनता बाढीको त्रासै त्रासमा बस्न बाध्य भएका छन् । प्रत्येक वर्ष मनसुन सुरु भएसँगै खोलामा पानीको बहाव बढेर बाढीका कारण सो ठाउँका १०० बिघा भन्दा बढी जग्गामा किसान हरु धान रोप्न पाएका छैनन ।
भने उक्त बाढिका कारण सो ठाउँको सडक, पुल, बिजुलीको पोल र घरहरु अहिले जोखिममा छन । भने सोहि सप्तकोशी न. पा. वडा न. ०४ मा पर्ने बलार्दह चौकमा पानी निकासी गर्न नाला नबनाइएको कारण अहिले त्यहाँका पसल र घर भित्र पानी छिरेका छ्न । त्यस्तै  सप्तकोशी न. पा. वडा न. ०८ र ०९ लाई जोड्ने पाट्न टोल जाने  मुख्य सडक निमार्ण नभएका कारण र बाटोमा जावत आवत गर्न कठिनाइ भएका कारण त्यहाका स्थानीय जनताहरु आक्रोशित हुँदै बाटोमा धान रोपेका छ्न । उक्त बाटो बनाउन त्यहाका जनताहरु पट्क पटक आफना वडाका टोल बिकास सुधार समिती, वडा अध्यक्ष, मेयर लगायत सम्बन्धित निकायलाइ आग्रह,र जानकारी गराउदा समेत पनि उक्त बाटोको कुनै समाधान नभएका कारण बाटोमा धान रोपेको भन्ने जानकारी त्यहाँका स्थानीयबासिहरुले दिएका छ्न ।
भने तत्काल यो बाटोको बैकल्पिक सामाधान गरिएन भने वडा कार्यालयमा ताल्चा लगाइ हडताल समेत गर्ने भएका छ्न । यो सब एउटा नमुना मात्रै हो सप्तकोशी न. पा. भित्रका अधिकांस वडाहरु वर्षेनी बाढी तथा डुबानको जोखिममा रहँदै आएका छन् । जहा सम्बन्धित सम्पूर्ण निकाय र जनप्रतिनिधिहरुले समस्याको सामाधान गर्नुपर्ने ठाउँमा हरेक बर्ष उक्त समस्याको समाधान अब छिटोभन्दा छिटोनै गर्ने छौ भनी झुठो आश्वासन बाड्दै जनताहरुलाइ भ्रममा पारी दिनहु बेवकुफ बनाउदै आज भोलि आलटाल गर्दै आफुले गरेको बाचा र जवाफदेहीता दिनबाट पन्छिन खोज्दैछ्न । त्यसैले तत्काल यी समस्याहरुको समाधान नगरिए सो क्षेत्रहरुमा ठूलो क्षति हुने निश्चित देखिन्छ । तसर्थ तत्कालै बैकल्पिक माध्यामबाट भएपनि समस्याको समाधन गर्न जरुरी भएको देखिन्छ ।

1 thought on “सप्तकोशी न.पा.को टेङग्राहा पुलका साथै बलार्दह डुवानमा प्रसाशन स्थिर : कैलाश माझी/सप्तरी”

Leave a Comment