![]()

पिपुल्स न्युज/कैलाश माझी/सप्तरी : आफु बचौ र अरुलाई पनि बचाउ पुण्य कमाउ भन्ने मुल नाराका साथ जागौ नेपाल प्रवास समितिले चालेको यस अभियानलाई एक्यबद्धता जनाउदै जागौ नेपाल साउदी र हामीनेपाली साउदी अरेबियामा हामी नेपाली (Nepalies IN Saudi Arabia)को सहकार्यमा संकलित रकम मध्येबाट साउदी रियाल १५००(४६,५००/- नेपाली रुपिया) बिगत ९ महिना देखि अलपत्र परेका २४ जना नेपाली दाजुभाईहरुको खाद्यान्य तथा औषधोपचारकालागी साउदी अरबको जेद्दाह शहरको हैयल सोफा भन्ने ठाउमा जागौ नेपाल साउदी का अध्यक्ष पुण्य प्रसाद खनाल र महासचिव सुवास सुबास गिरी ज्युको उपस्थितीमा NB Sapkota,jiwan karki लगायत साथीहरुलाई एक विशेष कार्यक्रम बिच हस्तान्तरण गरिएको छ सम्पुर्ण सहयोगिमनहरुमा धन्यवाद साथै हाम्रो यो अभियानमा साथदिनु भएकोमा Nepalies IN saudi Arabia (हामीनेपाली साउदी अरेबिया लाई विशेष विशेष धन्यवाद नमन गर्दछ जागौ नेपाल प्रवास समिति परिवार ।