सिरहा : सखुवानानकारकट्टीको वडा अध्यक्ष बिलटु यादवद्वारा व्यापक हिनामिना

Loading

सिरहाको सखुवानानकारकट्टीको वडा अध्यक्ष बिलटु यादवको मनमौजी धार्मिक संस्था निर्माणमा वाडा अध्यक्ष यादवको मनमौजी सिरहामा धार्मिक काममा अबरोध ५ जना माथी प्रहरीमा उजुरी

People’s News : महेश सिंह सिरहा लहान १५ असार -सिरहाको सखुवानानकारकट्टी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बिलटु यादवले बिकासको नाममा ब्यापक मनमौजी गरेका स्थानीयको आरोप रहेको छ । धार्मिक संस्थामा ब्यापक आर्थिक हिनामिनाको चलखेल गरेको हो। धार्मिक संस्था जस्तो मठ मन्दिर जस्ता निर्माणमा आर्थिक हिनामिना गर्न कसरी आत्माले मान्यो त यो कुरा आलोचनाको विषय बनेको छ।वाडा भित्र गरेको कुनै बिकास निर्माणको काममा कहिले कुनै पनि किसिमको बोर्ड नलगाएको देखि हो ।

धार्मिक मठ मन्दिर जस्तो बिकासमा आर्थिक हिनामिना गर्न मानसाई बोकेको छ,भने त अरु बाटो घाटाे निर्माणमा त आर्थिक हिनामिना गर्नु स्वभाबिक हो।अध्यक्षको पदिय दाईत्व निर्वाह गर्न करिब एक बर्ष मात्र बाँकी रहेको हो। समग्र जनप्रति निधिको लागी उक्त अन्तिम बर्ष मूल्याकंनको बर्ष रहेको हो। गाउँ पालिकाबाट वाडामा बिकास गर्न बजेट छुटयाए पनि अध्यक्ष बिलटु यादवले बिकासको नाममा निकै नै भर्स्ट रहेको स्थानीयको ध्यानाकर्षण भएको छ। अध्यक्ष यादवले सत्ताको आडमा आसेपासेर गाउँपालिकाको इन्जिनियर राधेश्याम यादवको मिलोमतोमा गरेका हुन् । गांउँका अनपढ,निमुखा स्थानीयलाई उपभोक्ता समिती बनाउने र समितीको चेक बुक रेजिस्टर आफु संगै राख्ने,चेक बूकमा हस्ताक्षर गरे बापत १०/१५ हजार दिने बाँकी पैसामा सबै मिलेर खाने कुरा ब्यापक चर्चामा रहेको छ।समाजमा बजेट पार्दर्शि नगरी र निर्माण स्थलमा बजेट पार्दर्शिता बोर्ड न राखी कार्य सुरु गरेका थिए ।

कानुन मै उल्लेख अनुसार कुनै पनि बिकास निर्माणको काम अगाडि बढाउनु भन्दाँ अगाडि बजेट पार्द्सिताको बोड कार्य स्थल मै लगाउनु पर्ने कानुन मै उल्लेख रहेको छ।अध्यक्ष यादवले कानुनको उल्घंन गरी धजिया उडाउने काममा एक ब्यक्ती हुन । भए पनि कुनै सरोकारवालाको ध्यान पुगेको छैन्। हाल सखुवाननकारकट्टी वडा न २ पटनामा निर्माण हुन लागेको डिहबार स्थान को बाउन्डरी वाल बनाउदा डिहबार स्थान को बास्तबिक जग्गा पनि चारैतिर छोडेर गुणस्त्रहिन परखाल बनाउन लाग्दा गाउलेहरु आक्रोशित भएका छन् । निर्माणस्थलमा बोर्ड लगायतको केहि सुचना उपलब्ध नभएर स्थानियले परखाल बनाउन रोक लगाएको छ। स्थानीय एमालेको युवा नेता तथा समाज सेबि अमीर कुमार यादवको अनुसार गाउँपालिकाको कार्या देश समेत प्राप्त अनुसार उपभोक्ता समिति चयन गरेको छ।उपभोक्ता समितिको अध्यक्षमा भागवत यादव सचिबमा गंगा राम प्रमानि लगायतका ब्यक्ती उक्त कार्य गर्न गठन गरेका हुन् ।

उक्त धार्मिक स्थको कार्य गर्न गाउँपालिकाले ३ लाख ५० पचास हजार बजेट छुटयाएका छन्। स्थानीय हरेराम यादव, अशोक यादव लगायतका ब्यक्तीहरुले आफुलाई न सोधि पिलर र बाउनडी वाल लगाउन लाग्दा समेत लगाउनमा रोक तथा पिलर भत्काएको हो । हरेराम यादवका अनुसार कमसल र गुणस्तर हिन सामग्री प्रयोग गरी लुकिछिपी काम गर्न लागदा आफु लगायत समाजका केहि ब्यक्तीहरुले काम गर्नमा अबरोध र रोक लगाएका थिए । काम लाई अबरोध गर्दा गाउँपालिकाले ईलाका प्रहरी कार्यालय मेहेशवारीमा हरेराम यादव लगायत ५ जना माथी उजुरी दर्ता गराएका छन्।उक्त कार्य नेता यादवको नेतृत्वमा निर्माण काम सुरु भएको थियो ।

3 thoughts on “सिरहा : सखुवानानकारकट्टीको वडा अध्यक्ष बिलटु यादवद्वारा व्यापक हिनामिना”

  1. कुनै पनि घटनाको अथार्त विवरण नबुझि कसैमाथि आरोप लगाने काम यो महेश सिंह जस्तो मुर्ख वेवकुफले पत्रकारितामा काम कसरी गर्व थालियो

Leave a Comment