२०७८ असार २० गते आइतबार ।
पिपुल्स न्युज सप्तरी बाट कैलाश माझीको रिपोर्ट : उदयपुर चौदन्डीगढी नगरपालिका वडा नं. ५ अवस्थित त्रियुगा नदिमा बिगत एक दसक भन्दा बढी लामो समय पछि निमार्ण सम्पन्न गरिएको पुल हस्तान्तरण नभइ आज बाढिले बगाएको छ । जसमा पुलको लम्बाई ३०७ मिटर र चौडाइ ५ मिटर रहेका छ्न । भने पुलमा १२ वटा पिलर र ११ वटा स्लाब रहेका छ्न जसमा शिवाय पट्टी द्क्षिण तर्फको पहिलो र दोस्रो स्लाब जोड्ने पिलर बाढीमा भासिएर अहिले पुल दुइटुक्रा भएका छ्न । पुल भत्किदा चौदन्डीगढी न. पा. वडा नं. ०५ शिवायका ४८ बर्षिय अख्तर मिया घाइते भएका छ्न ।





भने पुलको निर्माण महालक्ष्मी लोकप्रिय जे भी कन्स्ट्रक्सन कलंकी काठमाडौंले गरेका थिए भने पुलको डिजाइन र माटोको परीक्षण काठमाडौं बालाजु स्थित स्वाइल कन्सल्टेन्सी कम्पनीले गरेको थियो उक्त पुल ९ करोड ७६ लाख रुपैयाँको लागतमा सुरुभइ अहिले पुलको पुर्नमुल्यांकन गर्दा हालसम्म ११ करोड २७ लाख रुपैयाँ पुगिसकेका छन । पुल भत्किएका कारण त्यहाँका स्थानीय जनताहरु निकै चिन्तित भएका छ्न । भने पुल संचालन्नै नभइ भत्किनुको कारण के होला त पुलको नक्सा,डिजाइन र इस्टिमेट पार्दशी नभएर हो कि अथवा कमसल र मापदण्ड बिपरित गुणस्तरीयहिन काम भएको कारण भासिएको हो त्यसको बिस्तृत जानकारी सहितको विवरण आउन बाकिनै छ्न । भने उक्त पुल भासिदा अहिले यो बिषय चासो र गुनासोका बिषय बन्न पुगेका छ्न ।