![]()
मुम्बई : बलिउड अभिनेत्री विद्या बालान नयाँ चलचित्र ‘शेरनी’को प्रमोसनमा निकै व्यस्त बनेकी छन् । कोरोना भाइरसको महामारीका कारण भारतमा हलहरू बन्द छन् । यस्तोमा विधा अभिनीत चलचित्र अमेजन प्राइमलगायत डिजिटल प्लेटफर्ममा रिलिज भएको छ । त्यही कारण पनि उनी प्रमोसनमा निकै व्यस्त रहने गरेकी छन् । हालै उनले झमझम पानीमा फिल्मको प्रमोसनका लागि फोटो सुट गरेकी थिइन् । फिल्म शेरनीमा विद्याले वन अधिकृतको भूमिका निर्वाह गरेकी छन् । उनले चलचित्रमा निर्वाह गरेको भूमिकालाई ‘म्यान भर्सेज वाइल्ड’का रूपमा चर्चा गरिएको छ । विद्याको भूमिका उनका प्रशंसकका लागि पनि सरप्राइज हुने विश्वास गरिएको हो । उनी यही चलचित्रमार्फत बलिउडमा कमब्याक पनि गर्न लागेकी छन् । लामो समयपछि चलचित्रमा फर्किंदा आफूलाई केही डर लागेको उनले बताउँदै आएकी छन् । यो चलचित्रको अधिकांश सुटिङ जंगलमा गरिएको छ । लामो समय जंगलमा बिताउँदा आफूलाई जंगली जनावरसँग निकै डर लागेको उनले बताएकी छन् । तर, लगातार जंगलमा सुटिङ गरिएका कारण जनावरसँग घुलमिल भएको र जंगली जनावरका बीचमा रहँदा छुट्टै आनन्द लाग्ने बताएकी छन् । यस फिल्ममा विद्या बालनसँगै बृजेन्द्र काला, विजय राज, नीरज कबी, शरत सक्सेनालगायतका कलाकारको अभिनय रहेको छ । copy