कास्की आदर्श समाज कतार द्वारा सहयोग : कैलाश माझी

Loading

कास्की आदर्श समाज कतार द्वारा सहयोग रकम हस्तान्तरण !!

पिपुल्स न्युज/कैलाश माझी/कास्की : आदर्शको चाहना, सभ्य र समृद्ध समाजको स्थापना भन्ने मुल नाराका साथ २००२ मा स्थापना भएको कास्की आदर्श सेवा समाजले आफ्नो स्थापनाकाल देखी नै समाजमा आइपरेका आपत बिपतका समस्याहरुलाई मानवीय सेवा गर्दै आएको छ । कहिले प्राकृतिक समस्याहरु,भुकम्प पीडित, आगालागी, बाडीपीडित लगायतका समाजमा आउने जुनसुकै परिस्थिति काल खण्डमा हरेक तह र तप्कामा सहयोग गर्दै आइरहेको छ ।अहिले पनि यस्तै मानवीय सहयोग गर्ने क्रममा हिजो २६ जुन २०२१ का दिन कास्की आदर्श समाज कतारले केही समय अगाडी मृत्युहुनु भएका समाजका आजिवन सदस्य स्वर्गीय इच्छे गुरुङको परिवार जनलाई सहयोग गरेको छ त्यस्तै गरि पोखरा १३ निवासी मृगौला पिडित श्री मीन ब.सार्कीलाई एक कार्यक्रमको आयोजना गरि केहि आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रममा कास्की आदर्श समाजका निवर्तमान अध्यक्ष तथा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपालका नेपाल च्याप्टर संयोजक श्री बिश्वबन्धु थापा कास्की आदर्श समाज कतारका सँस्थापक सद्स्य तथा नेपाल च्याप्टर सह-संयोजक श्री खिम ब.कार्की त्यस्तै समाजका निवर्तमान उपाध्यक्ष श्री मन ब.कुँवर पुर्व केन्द्रीय समितिका साथिहरु श्री शिव प्रसाद बास्तोला , श्री सुर्य सुनार , श्री बिकास राज बराल,आजिवन सदस्य श्री अन्जिब गुरुङ लगायतको उपस्तिथि रहेको थियो। स्वर्गीय ईच्छे गुरुङको परिवारलाई नेपाली रुपैयाँ ७३,००० हजार आर्थिक सहयोग गरिएको थियो भने मृगौला पीडित मीन ब. सार्कीलाई नेपाली रुपैयाँ २०,००० हजार सहयोग गरिएको थियो ।

कार्यक्रमको अन्तमा पीडित परिवार जनहरुले आफुहरुलाई कास्की आदर्श समाजले जुनरूपमा सहयोग गरि एउटा मानवीय धर्म निभाएकोमा सबै सहयोगिमनहरुमा धन्यवाद व्यक्त गर्नुभएको थियोे । उक्त कार्यक्रमको अध्यक्षता गर्नु भएका कास्की आदर्श समाजका निबर्तमान अध्यक्ष ज्युले कास्की आदर्श समाजले बिगतमा पनि धेरै दुखी पीडितहरुलाई सस्थाले सहयोग गर्दै आएको आगामी दिनहरुमा पनि समाजमा आउने जस्तोसुकै समस्या सस्थाले गर्न सक्ने सहयोग गर्दै सामाजमा उदाहरणिय काम गर्दै जाने बताउनुको साथै उक्त कार्यक्रम उपस्थिति पीडित परिवारमा सान्त्वना दिदै कार्यक्रम समापन गर्नु भएको थियोे।  

Leave a Comment