![]()
२०७८ असार १० गते दोलखाको गौरीशंकर गाउँपालिकाले नवौं गाउँसभा सम्पन्न गर्दै आर्थिक बर्ष ०७८/०७९ को लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष सोयम बहादुर खड्काको सभापतित्वमा भएको सो कार्यक्रममा बजेट वक्तव्य उपाध्यक्ष उर्मिला थामी (केसी) ले प्रस्तुत गर्नुभएको थियो । सबै शाखा प्रमुख लगायत प्रमुख प्रशासकीय अधिकृत बालकुमार श्रेष्ठको पनि उपस्थिति थियो ।
जसमा विभिन्न शिर्षकमा कार्यक्रमहरुलाई बिभाजन गरिएको छ । गाउँपालिकाका केहि उत्कृष्ट कार्यक्रमहरु यसप्रकार छन् ।
आर्थिक विकास तर्फ
१) कृषि उत्पादनलाई बजारीकरण, कृषि प्रोफाइल निर्माण, मल बिउ बिजन वितरण तथा दुध चिस्यान केन्द्र स्थापना, पकेट क्षेत्र निर्धारण कार्यक्रम उत्कृष्ट छ ।
२) सांस्कृतिक सम्पदाको संरक्षण, भाषा संरक्षण, नवीन पर्यटन क्षेत्रको खोजी जस्ता कार्यक्रम उत्कृष्ट छन् ।
३) गाउँपालिका अध्यक्ष रोजगार कार्यक्रममा शीप तथा क्षमता विकास कार्यक्रम, स्थानीय पाठ्यक्रम निर्माण कार्यक्रम उत्कृष्ट छन् ।
४) अध्यक्षसँग बालबालिका कार्यक्रम, एक माध्यमिक विद्यालय एक उत्पादन कार्यक्रम, निशुल्क विद्यालय पोशाक वितरण कार्यक्रम उत्कृष्ट छन् ।
५) युवा नेतृत्व, सीप विकास तथा खेलकुद कार्यक्रम उत्कृष्ट छन् ।
६) महिला सशक्तीकरण, जनप्रतिनिधि कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम, सीप विकास तथा प्रोत्साहन कार्यक्रम, वृद्धवृद्धाको अनुभव साट्ने कार्यक्रम उत्कृष्ट छन् ।
७) उपाध्यक्ष उपहार कार्यक्रम, शान्ति पार्क, बालबालिका पार्क निर्माण, न्यायिक समितिलाई थप सुदृढीकरण गरिने गरि कार्यक्रम आएको छ ।
समग्रमा कार्यक्रम उत्कृष्ट छन् । कार्यान्वयन पक्ष चुस्त भए गाउँपालिकाले समृद्धिको ढोका खोल्नेछ ।
तलको लिन्कमा क्लिक गरि आवश्यक जानकारी लिन सक्नुहुन्छ ।
https://gaurishankarmun.gov.np/
सम्पादक रविन्द्र ढुंगेलद्वारा सानो विश्लेषण ।