![]()


People’s News : काठमाडौं : नेपाली बजारमा आज सुन र चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज छापावाल सुन तोलामा तीन सय रुपैयाँले घटेर ९० हजार ७ सय र तेजाबी प्रतितोला ९० हजार २०० रुपैयाँमा किचबेच भइरहेको छ । मंगलबार छापावाल सुन तोलाको ९१ हजार र तेजाबी सुन ९० हजार ५०० रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको १३ सय रुपैयाँमा कारोबार भएको थियो ।