जागौँ नेपाल राष्ट्रिय अभियान” अन्तर्गत सहयोग रकम हस्तान्तरण : कैलाश माझी/सप्तरी

Loading

पिपुल्स न्युज /कैलाश माझी/सप्तरी : पाल्पा जिल्ला रिब्दिकोट गाउँ पालिका -5 कुसुम खोला पाल्पा टोल नं . 2 मा बस्ने स्व.तिलकबहादुर पुन मगरको छोरा वर्ष 40 को नारायण बहादुर पुनको लामो समयदेखि पक्षघात ( प्यारालाइसिस ) भइ ओम कालिका होमियो फार्मेसी बुटवल, रुपन्देही नेपालमा उपचार गरिरहनु भएका निम्न वर्गीय परिवारका सदस्य नारायण पुनको आर्थिक स्थिति अत्यन्तै नाजुक भएको र उपचारका क्रममा आफ्नो घरजग्गा समेत बिक्री गरिसक्नु भएका नारायण पुन बचाउ अभियानले
बिगत केही समय पहिला देखिनै जागौं नेपाल समक्ष सहयोगको अपेक्षा राख्नु भएको कारणले अहिले हाम्रो जागौं नेपाल प्रवासले “आफु बाचौं अरुलाई बचाऔं,पुन्य कमाऔं भन्ने उद्देश्यले चालेको मानवीय सेवा सहयोग अभियान मार्फत  जागौं नेपाल प्रवासले सहयोग गरेको रकम रू २०,१११/- जागौँ नेपालका जागौं नेपाल लुम्बिनी  प्रदेश   सचीव निरु गैरे द्वारा  वडा अध्यक्ष  श्री  कृष्ण  थापा  साथै समाजसेबि श्री  वसन्त राज अर्याल को बिशेष  उपस्थितिमा  पीडितको निवासमानै  पुगेर सहयोग  रकम  एक समारोह बिच हस्तान्तरण गर्नु भएको छ  हाम्रो  यस कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने  सम्पुर्ण जागौ नेपालका अभियान्ता हरुमा हार्दिक धन्यवाद  ब्यक्त गर्दछौ नारायन पुन बचाउ अभियान  नेतृत्व राजु पराजुली साथै जागौ नेपाल  केन्द्रिय संयोजक  दिपक आचर्य  सचीव ज्ञानु आचर्य  स संयोजक शिब दाइ बस्ताकोटी सहयोग रकम हस्तान्तरणमा सहजीकरण गर्नु हुने अर्जुन घिमिरे लगाएत  जागौ नेपालका  सम्पुर्ण  प्रवास शाखाहरुमा विशेष धन्यवाद व्यक्त गर्दछौं ।
जागौं नेपाल प्रबास समिति  परिवार ।

Leave a Comment