पेट्रोलियम पदार्थमा कस्तो छ कर ? 

Loading

पेट्रोलियम पदार्थमा कस्तो कर ? : नेपालमा पेट्रोलियम पदार्थमा लगाइएको करको दर चर्को रहेको निगमकै अधिकारीहरू स्वीकार गर्छन् । पछिल्लो पटक निगमले ६२ रुपैयाँ ४१ पैसामा एक लिटर पेट्रोल खरिद गर्दा ५६ रुपैयाँ ३६ पैसा कर थप हुन्छ  । निगमकै प्रशासनिक खर्च त्यसमा ६८ पैसा मात्रै हुन आउने उपाध्याय बताउँछन् । त्यसबाहेक राजस्व, भन्सार, मूल्य अभिवृद्धि कर, सडक सम्भार कर, पूर्वाधार विकास कर र वातावरण कर आदि समाविष्ट हुन्छन् । डीजलमा कर केही कम हुने उपाध्याय बताउँछन्। त्रिसट्ठी रुपैयाँ २५ पैसामा खरिद गरिने डीजलमा ३९ रुपैयाँ ३ पैसा कर लाग्छ । त्यस्तै ६० रुपैयाँ ३ पैसामा खरिद गरिने मट्टितेलमा १९ रुपैयाँ ५० पैसा कर लाग्छ। मूल्य अभिवृद्धि लगायतका कर नलिइने हुँदा कम हुन आउँछ ।गत आर्थिक वर्षबाट लागु हुनेगरी सरकारले करको दायरा बढाएको थियो। निगमले सरकारले निर्देश गरेको कुरा पालना गर्नुपर्ने हुँदा आफूहरूले करबारे टिप्पणी गर्न नमिल्ने उपाध्यायले बताए । नेपालमा पेट्रोलियम पदार्थको खपत वार्षिक रूपमा करिब १० प्रतिशतले बढ्ने अनुमान छ। तर कोभिड-१९ का कारण अहिले खपत गत वर्षकै जस्तो छ।

निगमका अनुसार पछिल्लो पटक मूल्य समायोजन गर्दा समेत उसको घाटा पेट्रोलमा ५ रुपैयाँ ३२ पैसा, डीजलमा ३ रुपैयाँ १७ पैसा र एक सिलिन्डर एलपीजीमा २५८ रुपैयाँ ४६ पैसा छ । अर्थात् कोभिडको समयमा हाम्रो विक्री ५० प्रतिशतले घटेको छ। यस्तो समयमा पनि हामीलाई १५ दिनमा करिब ६० करोड रूपैयाँ घाटा छ,” उनले भने । कोभिड नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएकाले अहिले पेट्रोल र डीजलको खपत घटेको छ  ।

Leave a Comment