![]()
People’s news : मूल्य निरन्तर बढ्नुको कारण के हो ? कोरोनाभाइरस महामारी सुरु हुँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १९ देखि २० अमेरिकी डलर प्रतिब्यारलको हाराहारीमा झरेको थियो । विश्वव्यापी रूपमै लकडाउनका कारण सर्वसाधारणहरू घरभित्रै बस्न बाध्य भएपछि तेलको माग निकै कम भएको बताइएको थियो । त्यस बेला निगमले पनि प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको प्रवक्ता विनीतमणि उपाध्याय बताउँछन् । तर क्रमिक रूपमा तेल बजार पुरानो लयमा फर्केसँगै मूल्य निरन्तर उकालो लाग्दै पछिल्ला दिनहरूमा मूल्य प्रतिब्यारल करिब ७२ डलरमा पुगेको उनको भनाइ छ । हामीले पनि खरिद गरेर ल्याउनुपर्ने भएकाले जुन मूल्य सूची प्राप्त गर्छौँ त्यसकै आधारमा बढाउने गरेका छौँ । पछिल्लो समय मंसिरयता करिब दुई रुपैयाँको हाराहारीमा तेलको मूल्य बढाउँदै गएको अवस्था हो,” उपाध्यायले भने ।अर्थविद् केशव आचार्य पेट्रोलियम पदार्थलाई “क्रिटिकल इम्पोर्ट” अर्थात् संवेदनशील आयातका रूपमा हेरिने र यसको मूल्यमा हुने घटबढले सर्वत्र प्रभाव पार्ने उनी बताउँछन् । औषधिदेखि लत्ताकपडा, नुन समेतलाई यसले प्रभाव पार्छ । उपभोक्तामा पर्ने प्रत्यक्ष प्रभावभन्दा परोक्ष प्रभाव अति धेरै छ,” उनले भने । यसले मूल्यवृद्धि मात्रै नभएर लागत नै बढाउने उनी बताउँछन् । 