मनसुनको बदलिँदो चरित्र

Loading

People’s News : सामान्यतया नेपालमा मनसुन जुन १० मा भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिने गर्थ्यो । तर पछिल्ला वर्षहरूमा यसको चरित्र बदलिएको छ । हामीले नेपालमा मनसुन जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने गर्छ भन्नुपर्छ,” मौसमविद् पौडेलले बताए । उनका अनुसार ३०-३० वर्षमा सरदर वर्षा अवधिका आँकडाहरू तुलना गरेर मनसुन अवधिमा हेरफेर गरिन्छ । अहिले सन् २०२० सम्मको तीस वर्षीय अवधिको आँकडाहरू हेरेर यो नयाँ मिति तोकिएको हो ।यसपटक मनसुनभन्दा पहिलेको प्रि-मनसुन भनिने अवधि भने सन्तोषजनक नभएको मौसमविद्हरू बताउँछन् । जाडो याममा पनि खासै पानी नपर्नु अनि लामो समय सुख्खा रहँदा व्यापक स्तरमा डढेलो र वायु प्रदूषण फैलिएको थियो ।

Leave a Comment