मौसम विपद्का तीन खतरा :

Loading

People’s News : विपद्का तीन खतरा : मौसमविद्हरूले यो सालको मनसुनमा औसतभन्दा बढी पानी पर्ने बताइरहँदा विपद्सम्बन्धी निकायका प्रमुखले यसपालि तीन खतरा आउनसक्ने भन्दै सजग गराएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले औँल्याएका ती तीन खतरा यस्ता छन् :

. अधिक वर्षाले निम्त्याउने बाढी/पहिरो हरेक वर्ष बाढी र पहिरोले नेपालमा सयौँको ज्यान जाने गर्छ । बाढीले हरेक वर्ष एक सय हाराहारी मानिसहरूको ज्यान लिने गरेकोमा पछिल्ला समय त्यसलाई हामीले ५० हाराहारीमा झार्न सकेका छौँ । तर पहिरोले सरदर ४०/५० मानिसको ज्यान लिने गरेकोमा गत वर्ष चाहिँ अभूतपूर्व रूपमा चार सय मानिसको ज्यान लिएको थियो,” पोखरेलले भने । सामान्यभन्दा बढी पानी पर्न सक्ने मौसमविद्हरूको प्रक्षेपणले बाढी पहिरोको चुनौती सिधै बढ्ने खतरा उनले औँल्याए ।

. कोभिड महामारीमाथि थपिन सक्ने रोगव्याधि कोभिड-१९ को घातक दोस्रो लहरको चपेटाबाट नेपाल अझै उम्किसकेको छैन । महामारीका बेला प्राकृतिक विपद् आउँदा चुनौती दोबर हुने बताइन्छ । एक त बाढीपहिरोले सडक आवागमन अवरुद्ध भए खोपजस्ता अत्यावश्यक सामग्री ढुवानीमा असर पर्नसक्छ अर्कोतिर बर्खा याम यसै पनि रोगव्याधिको याम मानिन्छ । झाडापखाला, सर्पदंश र डेंगीजस्ता प्रकोप फैलियो भने जनस्वास्थ्यमा थप अप्ठेरो पर्न सक्छ,” पोखरेलले बताए।

. डढेलोले नङ्ग्याएका डाँडामा पहिरो जोखिम यो वर्ष नेपालका अधिकांश भागमा डढेलो लाग्यो । कैयन् दिनसम्म काठमाण्डूलगायत विभिन्न भागमा धूवाँको बाक्लो तुवाँलो फैलिएर वायु प्रदूषण अत्यधिक भएको थियो । हामीले यति धेरै डढेलो लागेको देखेका थिएनौँ। त्यसको गम्भीर प्रभाव परेको छ। बर्खामा त्यसले जनधनमा अझ प्रभाव पार्न सक्छ,” उनले भने । धेरै पहाडी क्षेत्रमा विशाल डढेलो लाग्दा त्यहाँका वनजङ्गल नासिएका छन् । फलस्वरूप कस्तो अवस्था आएको छ भने ती ठाउँमा अब पानी पर्दा रुखबिरुवाले सोस्ने स्थिति छैन। अर्थात् माटोको सोस्ने क्षमता घटेको छ जसले गर्दा पहिरो जाने जोखिम बढेको छ । पोखरेलका अनुसार प्राधिकरणले यी सबै खतराको विश्लेषण गरेर त्यसैअनुरूप तयारी थालेको छ ।

Leave a Comment