जागौं नेपाल रास्ट्रिय अभियान  प्रवास समितिद्वारा रवि लामिछाने फाउण्डेशनलाई १,११,१११ रुपैया सहयोग : कैलाश माझी/सप्तरी

Loading

२०७८ जेठ २० गते बिहीबार ।
पिपुल्स न्युज सप्तरी बाट कैलाश माझीको रिपोर्ट ।
अन्याय,अत्याचार,बिकृती र बिसङ्गती,सुशासन,महिला हिंसा विरुद्धको सूचना बेस समाज निर्माण गर्नु हाम्रो आजको अभियान”भन्ने मुल नाराका साथ जागौं नेपाल रास्ट्रिय अभियान  प्रवास समितिले प्रबासमा संकलन गरेको  रकम मध्य १ लाख ११ हजार १ सय ११  रबि लामिछाने फाउन्डेसनलाई  हस्तान्तरण गरेको छ । जागौं  नेपाल राष्ट्रिय अभियान का संयोजक दिपक आचार्य माधब पनेरु र बिशेस पन्त हरुले उक्त रकम हस्तानतरण गरिसकेपछि सुशासन को पक्षमा भ्रस्टाचार को बिरुद्द जागौ नेपाल ले गर्दै आएको काम र आगामि दिनमा समेत के कसरि राम्रा कार्य गर्न सकिन्छ भन्ने बिषयमा समेत छलफल भएको पत्रकार माधब पनेरुले बताउनुभयो । रबि लामिछाने फाउन्डेसनले काठमाण्डौमा जनमैत्री अस्पताल संचालन गरी गरीब तथा असहाय नागरिकलाई निशुल्क उपचार गर्ने कार्य गरिरहेको छ ।
२०७७ साल मंसीरमा गठन भएको जागौं  नेपाल रा’ष्ट्रिय अभियानको पाँच सय एक सदस्यीय भेला आयोजक समिति गठन भएको छ भने प्रबासमा विभिन्न २५ वटा प्रबास समिति रहेका छन् । २५ मध्ये जागौं  नेपाल प्रवास समिति साउदी अरब समिति , साइप्रस, जापान, कतार , मलेशिया , दुबइ लगाएत का बिभिन्न देशबाट रकम संकलन भएको थियो । जागौ नेपाल क्रोएशिय समिति उक्त देशमा रहेको एक मात्र नेपालि समिति हो जाहा बाट समेत ५० हजार सहयोग संकलन भएको जानकारि संयोजक दीपक आचार्यले बताउनुभयो येसरि बिभिन्न गरि १० वटा प्रबास समितिले संकलन गरेको रकम फाउन्डेसनलाई हस्तान्तरण गरेको हो । जागौं नेपाल प्रवास समिति ले सुरुवात गरेकोे मानवीय सेवा सहयोग अभियान अन्तरगत “आफु बचौं।  अरुलाई पनि बचाऔं।  पुण्य कमाऔं ” भन्ने उदेश्यका साथ संकलित रकम हस्तान्तरण गरिएको अभियानका सह संयोजक शिवराज बस्ताकोटि शिव दाइ बताउनुहुन्छ । उहाका अनुसार अन्य्त्र स्थान मा समेत स्वास्थ्य सामाग्री बितरण हुदैछ । तत्काल को लागि गोर्खा , लमजुङ्ग कास्कि मा स्वास्थ्य सामाग्री बितरण को तयारि भइरहेको छ । उक्त संस्था का सदस्य सचिब ज्ञानु आचार्यले सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरुप्रति जागौं नेपाल राष्ट्रिय अभियानको तर्फबाट  कृतज्ञता व्यक्त गर्नुभएको छ   । पोखरामा रहेर लामो समय संचार क्षेत्र संग आबद्द सन्तोश तिमिल्सिना बिदेश बिभाग प्रमुख रहेको जागौ नेपालको कार्यबाट सबै नागरिक हरु सन्तुस्ट रहेका छन ।

Leave a Comment