![]()
पिपुल्स न्युज
कार्यान्वयन पक्ष चुनौती
शरद्सिंह भण्डारी , जसपा नेता
विषम परिस्थितिमा बजेट आएको छ। बजेटले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ। स्वास्थ्य क्षेत्रको लागि तत्कालीन र दीर्घकालीन योजना छन्, यो अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो । त्यसलाई सकारात्मक रूपमा लिनु पर्छ। कोभिड नियन्त्रण र खोपलाई केन्द्रित गरेर बजेट आएको छ। बजेट महत्वाकांक्षी र पपुलिस्ट छ। लक्ष्य र कार्यक्रम राम्रा छन् तर कार्यान्वयन पक्ष चुनौतीपूर्ण छ। सधैं कार्यान्वयन पक्षमा प्रश्न उठ्ने गरेको छ, यसमा नै शंका रहन्छ। अहिले सबैतिर ठप्प छ, लकडाउन छ।
बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यका कुरा पनि आएका छन्। यो कोभिडको नियन्त्रणको अवस्था के होलाको मुख्य समस्या नै यही हो। दुई, तीन महिनाभित्र दु्रतरूपमा खोप ल्याएर प्रत्येक नागरिक लगाउने काम लाग्नुपर्छ। यति खोप आएर कोभिड नियन्त्रणमा आएमा मात्रै अन्य पूर्वाधार विकासका काम हुन्छ। कोभिड नियन्त्रणमा राम्रो व्यवस्थापन भएमात्रै यो महत्वाकांक्षी र लोकप्रिय बजेटले सार्थकता पाउँछन्।