![]()
पिपुल्स न्युज उपेश नौवाग काठमाण्डौ
वर्षमान पुन, पूर्वअर्थमन्त्री
यो सरकार काम चलाउ हो । चुनाव घोषणा गरेर त्यसलाई प्रभावित तुल्याउने ढंगबाट काम चलाउ सरकारले असंवैधानिक रूपमा बजेट ल्याएको छ । कर र राजस्वका दर लगाउन र घटाउन यो सरकारले पाउँदैन । नियमित सेवा र काम गर्नबाहेक पूर्ण बजेट ल्याउने विषय सविधानको मर्मविपरीत छ । प्रतिनिधिसभाबिना नयाँ कर र राजस्वका दर लगाउन वा घटाउन पनि पाइन्न । यो सरकारबाट संविधान विपरीत काम भएको छ । गैरजिम्मेवार ढंगबाट बजेट आएको छ । हामीले गर्न खोजेका थियौं । काम गर्न दिइएन भन्ने सोचका साथ बजेट ल्याइएको देखिन्छ । आर्थिक आधार र दीर्घकालीन सोचभन्दा ऋण लिएर घिउ खाऔँ । चुनावलाई प्रभाव पारौँ भन्ने सोचबाट गैरजिम्मेवारपूर्वक रूपमा बजेट आएको छ ।