बजेट भाषण : वृद्ध भत्ता चार हजार पुग्यो : कैलाश माझी सप्तरी

Loading

पिपुल्स न्युज/कैलाश माझी सप्तरी : सरकारले वृद्धाभत्ता बढाएको छ । शनिबार आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले वृद्धाभत्ता चार हजार पुर्याएको घोषणा गरेका हुन् । सबै किसिमका सामाजिक सुरक्षा भत्ता २५ प्रतिशत वृद्धि गरेको सरकारले वृद्धभत्ता चार हजार पुर्याएको हो । अब ७० वर्ष पुगेका वृद्धवृद्धाले मासिक रुपमा चार हजार रुपैयाँ वृद्धभत्ता पाउनेछन् । यसअघि वृद्धभत्ता तीन हजार रुपैयाँ वितरण हुँदै आएको थियो ।

Leave a Comment