नागरिक्ता छानविनमा किन भेदभाव

Loading

काठमाडौं जेठ १२ । नेपालमा नागरिक्ता सजिलो वा असजिलो जुन सुकै तरिकाले पनि बिहार, उत्तर प्रदेश, आसाम, दार्जिलिङ्ग, सिक्कम, भुटान, तिब्बेत, बर्मा आदीबाट आएकाहरुले लिने गर्छ तर किन मात्र मधेशी अनुहारलाई छानविनको दायरामा लिने गरिन्छ । के मधेशी बाहेक सबैलाई नेपाली नागरिक्ता लिनकालागि अन्तर्राष्ट्रिय कानुनले मान्यता दिएको छ त ? 

तत्कालिन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नागरिकता प्रसंग फेरि एकपटक चर्चामा आएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेसँगै राजेन्द्र महतो पुनः चर्चामा आउँनु भएको हो । विगतमा नागरिकतालाई लिएर नेकपा एमालेको धारणा के थियो र अहिले के छ भन्ने कुरा मुल रुपमा उठाउन खोजिएको हो ।

आज भन्दा झण्डै ६ वर्ष पहिले एमालेको भातृ संगठन युवा संघ नेपालले तत्कालिन गृहमन्त्री शक्ति बस्नेतलाई ज्ञापनपत्र नै बुझाएर महतोको नेपाली नागरिकता नक्कली रहेको दावीका साथ छानविन माग गरेको थियो । नेपालमा करिब–करिब ३० वर्ष भन्दा लामो समयदेखि राजनीति गरिरहेका र पटक–पटक मन्त्रीसमेत भएका महतोको नागरिकता विवादमा आयो ।

ख्याल गर्नुहोला यो पहिलोपटक जहाँ उहाँको नागरिकलाई लिएर विवाद शुरु भयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत हात हालेर छोडेको विषय थियो । ०६८ सालमा अख्तियारले गृह मन्त्रालयलाई महतोको नागरिकताबारे पत्राचार गरेको थियो । महतो बहालवाला मन्त्री हुँदा अख्तियारको पत्र आएपछि गृहमन्त्रालयले सर्लाही जिल्ला प्रशासन कार्यालयसँग नेता महतोको नागरिकता सम्बन्धी विवरण माग्दै पत्रसमेत लेखेको थियो ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका तत्कालीन प्रमुख जिल्ला अधिकारीले महतोको नागरिकतासम्वन्धी छानविन गर्नका लागि हाल कुनै अभिलेख फेला नपरेको र मन्त्रिपरिषद्को सदस्यलाई सिडिओ कार्यालयमा बोलाई छानविन गर्न बाधा परेको जवाफ दिनु भएको थियो ।

गृहमन्त्री बस्नेतलाई ज्ञापनपत्र बुझाएको युवा संघले ०६८ सालमा पनि महतोको नागरिकताका विषयमा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । सोही साल महतोको नागरिकताबारे अख्तियारमा समेत उजुरी पर्यो । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता जोगाउनका लागि राजेन्द्र महत्तो र महन्थ ठाकुरको विशेष भुमिका रहेको छ ।

यस्तो बेलामा सरकारले उनीहरुलाई खुःशी पार्नका लागि हिजोका दिनमा आफुले लिदैँ आएको अडानबाट पछि हटेको धेरैको बुझाई रहेको छ । युवा संघका तत्कालीन अध्यक्ष राजीव पहारीले महतोको नागरिकता नक्कली भएको ठोकुवा गर्दै यसलाई रद्द गर्दै आवश्यक कारबाही गर्न माग गर्नुभएको थियो ।

उहाँले नेपालको सामाजिक सदभाव बिथोल्न र आन्दोलन भड्काउन उद्यत भएका महतो नेपाली नागरिक नभएको दाबीमात्रै गर्नुभएन बल्कि झूटो विवरणका आधारमा नेपाली नागरिकता हत्याएको पनि स्पष्ट पार्नुभयो । रोचक कुरा के भने राजेन्द्र महतोका बुबा खोभारी सुडी (महत्तो) भारतीय नागरिक थिए ।

सर्लाहीको सदरमुकाम मलंगवासित सीमा जोडिएको भारतीय जिल्ला सीतामढीको कोहवरवा गाउँमा महतोको घर अहिले पनि भएको बताइन्छ । यो गाउँ नेपाल–भारत सीमाबाट १५ किलोमिटर दुरीमा पर्छ । सो घरमा अहिले महतोका काकापट्टीका सन्तानहरु बस्छन् । त्यस समयमा कहाँसम्म भने नि राजेन्द्र महत्तोले आफ्ना बाबुले भन्दा पहिले नेपाली नागरिकता बनाएका थिए । तर त्यसको सत्यता पुष्टि गर्नलाई कुनै आधार नभए पनि उहाँहरुले सँग सँगै लिएको भने स्पष्ट छ । राजेन्द्र महतोले त्यसबेला ‘अब कहिल्यै मन्त्री नबन्ने’ घोषणा गर्नुभएको थियो । महतोको काठमाडौंको भीमसेनगोलामा घर छ । 

Leave a Comment