जसपा फेरी बाइसे चौविसे राज्यमा फर्किने सम्भावना उग्र, उपेन्द्र समुहले मागे स्पष्टिकरण

Loading

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का बाबुराम-उपेन्द्र यादव समूहले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरसहितका चार नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। शनिबार ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो। केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा जवाफ नदिए पार्टीबाट निष्कासनको कारवाही गर्ने लिखित चेतावनी दिइएको छ ।

‘उपरोक्त विषयमा तपाईलाई पार्टी विधान तथा राजनीतिक दल सम्वन्धि ऐन, २०७३ को दफा १८ (३), २५ (१) (२) र पार्टी विधानको दफा ४९ को (१)(२)(३)(५) र (८), दफा ५० को (१) विपरीत काम गर्न भएकोले मिति २०७८।२।११ प.सं. ०७७१०७८ च.नं. ५६ को पत्र प्राप्त भै व्यहोरा अवगत नै होला । अत : तपाईसंग स्पष्टिकरण लिई तपाईलाई सफाइको मौका दिन केन्द्रीय कार्यकारिणी समितिको मिति २०७८।२।८ मा भएको निर्णयको बँदा नं ४ वमोजिम तपाईलाई कार्वाही किन नगर्ने भनि स्पष्टिकरणको जवाफ प्राप्त हुन नआएकोले दोस्रो पटक पुनः यो पत्र प्राप्त भएको मितिले २४ धण्टा भित्र चित्त बुझदो स्पष्टिकरण लिई आउन हुन अनुरोध छ ।,  पत्रमा भनिएको छ, ‘यो पत्र प्राप्त गरेको म्याद भित्र चित्त बुझदो सन्तोष जनक जवाफ प्राप्त नभएमा राजनीतिक दल सम्वन्धि ऐन, २०७३ र जनता समाजवादी पार्टी, नेपालको अन्तरिम विधानको ६४(५) अर्थात हाल संशोधित धारा ६९(५), ५०(१) र मिति २०७८।२।८ मा भएको निर्णयको बँदा नं ४ बमोजिम निष्काशन समेतको कार्वाही हुनेछ ।

 

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा भट्टराई-यादव समूहमा ३० जना छन् । नयाँ सरकार गठनका लागि कसलाई समर्थन गर्ने भन्‍ने विवाद हुँदा जसपामा दुई धार देखिएको हो । यस अगाडि जनता समाजवादी पार्टी (जसपा) ले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेको छ। जसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीको निर्णय विपरीत गुटगत गतिविधि सञ्चालन गर्दै आएको भन्दै पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका थिए। पछिल्ला दिनमा जसपाको मूल्यमान्यता, नीति तथा पार्टीको विधान विपरीत कार्य गर्दै आएकाले विधानबमोजिम अनुशासनको कारबाहीको व्यवस्थाअनुसार स्पष्टीकरण सोधिएको अध्यक्ष ठाकुरद्वाराजारी विज्ञप्तिमा भनिएको थियो । त्यसैगरी, पार्टीको संसदीय दलको निर्णयअनुरूप प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा ठीक विपरीत विपक्षी गठबन्धनका उम्मेदवार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेमा कुन कारणले हस्ताक्षर गरेको तथा सर्वोच्च अदालतमा पार्टीको निर्णय बेगर विपक्षी गठबन्धनको रिटमा किन हस्ताक्षर गरेको भनी प्रश्न उठाइएको थियो । L

Leave a Comment