बजेटमा सबैको अर्को चासो राहत र पुनरुत्थान :

Loading

अर्को चासो राहत पुनरुत्थानजनस्वास्थ्यसँगसँगै महामारीले जनजीविकामा गम्भीर क्षति पुर्‍याइरहेको छ । शिथिल अर्थतन्त्र, ठप्प उद्योगधन्दा अनि लकडाउनले काम गर्ने वर्गका मानिसलाई परेको अप्ठेरो गनीसाध्य छैन । कोभिड महामारीका कारण पर्यटन उद्योग पनि नराम्ररी प्रभावित भएको छ । कोभिडका कारण नेपालको पर्यटन उद्योग पनि प्रभावित भएको छ मजदुरी गर्ने श्रमिकहरू अनि साना तथा मझौला व्यवसायीसामु धेरै समस्या छ । बजेटले वित्तीय कदमहरूमार्फत् तिनको सम्बोधन गर्नैपर्छ,” डा. शर्माले भने । गत वर्ष महामारीको असरबारे राष्ट्रिय योजना आयोगले गराएको अध्ययनमा करिब १६ लाख मानिस बेरोजगार भएको उल्लेख थियो। यसपालि पनि केही लाखले काम गुमाइसके होलान्ङ” आचार्यले भने । राष्ट्रब्याङ्कले पनि पटकपटक अध्ययन गराएको थियो। तिनमा अलि ठूला व्यवसाय टिकिराखेको तर साना तथा मझौला व्यवसाय अनि स्वरोजगारमा लागेकाहरूको अवस्था खत्तम भएको देखिन्छ । तिनलाई तत्काल राहत आवश्यक छ ।

Leave a Comment